×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive: ‘बैंकको एटिएम ह्याक गर्ने ठुलो चिनियाँ गिरोह काठमाडौँमा’, बुथहरुमा उच्च सतर्कता, प्रहरी पनि हाई अलर्टमा !

काठमाडौं । बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा एउटा विशेष सूचना आयो । ‘मेगा बैंकको ठमेल, ज्याठास्थित मेगा बैंकको एटिएममा एटिएमको पिन ह्याक गर्ने शंस्कास्पद गतिविधि भइरहेको छ ।’ यस अघि पनि नेपाली बैंकहरुलाई ह्याकरबाट जोगाएको प्रहरीले यस विषयलाई निकै गम्भीर भएर लियो । सूचना पाए लगत्तै प्रहरीको टोली सूचना पाए अनुसारको एटिएम बुथमा पुग्यो । नभन्दै एक चिनियाँ नागरिक मेशिन ह्याक गरी पैसा निकाल्ने प्रयास गरिरहेका थिए । प्रहरीले उनलाई तुरुन्त नियन्त्रणमा लियो । मेशिनभित्र भएकाले प्रहरीको हातबाट ती चिनियाँ नागरिक फुत्किन सकेनन् । उनी थिए २९ वर्षीय वाङ जियोलोङ ।
प्रहरीको टोलीले उनीमाथि थप ‘सर्च’ गर्यो । उनको साथबाट मोबाइल ४ थान, बिभिन्न किसिमका १० वटा चाबीहरुसहितको झुप्पा १ थान, विभिन्‍न बैंकको १० थान एटीएम कार्ड, चाइनिज युआन २ हजार ३ सय ८२ , अमेरिकी डलर ६५ र नेपाली २ हजार ११० रुपैयाँ बरामद भयो । नियन्त्रणमा लिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान गर्यो । उनी बस्ने होटल, उनी नेपाल कहिले आएका थिए भन्ने महत्वपूर्ण विवरण प्रहरीले हात पारिसकेको छ । यसै अनुसार उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बयानका लागि बिहिबार दोभासे झिकाउने तयारी, विमानस्थलमा सूचना पुर्याईयो

उनलाई प्रहरीले बिहिबार पक्रियो । तर भाषा नमिलेका कारण प्रहरीलाई बयान लिन समस्या भएको छ । त्यसकारण प्रहरीले बिहिबार चिनियाँ भाषा ट्रान्सलेट गरिदिने दोभासे झिकाएको छ । उनीमात्र होइन, उनको टोली नै काठमाडौँमा छ र सो टोलीले काठमाडौँका एटिएमहरु ह्याक गर्ने प्रयास गर्ने रणनीति छ भन्ने प्रहरीको आशंका छ । उनका साथीहरु फुत्किन नपाउँन् भनेर सम्बन्धित निकायमा चिनियाँहरुको आवतजावतबारे जानकारी गराईसकिएको छ । त्रिभुवन विमानस्थलमा विशेष सूचना पठाईसकिएको छ । यसअघि पनि यस्तै प्रकृतिको ह्याकीङको प्रयास भएको थियो । तर त्यो बेला प्रभु बैंकका एक कर्मचारीले समयमा नै प्रहरीलाई जानकारी गराउँदा प्रहरी ह्याकरहरुलाई समात्न सफल भएको थियो ।

एटिएम बुथहरुमा उच्च सतर्कता, प्रहरी पनि हाई अलर्टमा !
बुधबारको घटना थाहा पाउने बित्तिकै काठमाडौँका एटिएम बुथहरुमा उच्च सतर्कता अपनाईएको छ । एटिएम बुथभित्र चिनियाँ पस्नेबित्तिकै सार्है सतर्क भएर निगरानी गर्नु र केहि शंका लागे प्रहरीलाई खबर गरिहाल्न बैंकका सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिइएको छ । प्रहरीभित्र पनि बैंकबाट कसैको शंकास्पद गतिविधिबारे खबर आए तुरुन्त एक्सनमा उत्रिनु भन्ने निर्देशन सम्बन्धित पक्षलाई दिइएको छ । ‘हामीले हाम्रा कर्मचारीहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेका छौं ।’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले अर्थ सरोकार डटकमसँग भने, ‘केहि समय अघि प्रभु बैंकमा ह्याकको प्रयास भयो । हिजो मेगा बैंकमा भयो भनेपछी भोलि हाम्रो बैंकमा पनि यस्तो प्रयास नहोला भन्न सकिन्न । त्यसैले हामीले उच्च सतर्कता अपनाएका छौं ।’ उनका अनुसार हिजोको घटनापछी सबैजसो बैंकले आआफ्ना कर्मचारीहरुलाई एटिएमको हकमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिसकेका छन् ।
https://arthasarokar.com/2019/09/exclusive-ATM.html

चिनियाँ गतिविधिमा निगरानी नहुँदा समस्या !

यसो त नेपाली बैंकहरुमा चिनियाँ ह्याकरहरुको दबदबा बढ्दा त्यसको दोष राज्यको पनि छ । केहि समय अघि प्रहरीले चिनियाँ ह्याकरहरुलाई पक्राउ गर्यो, तर त्यसपछी पनि चिनियाँहरुको शंकास्पद धन्दामाथि कसैको नजर गएन । केहि महिना अघिकै घटना हेर्ने हो भने पनि नेपाल टेलिकमका २००० बढी सिमकार्डसहित प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहि चिनियाँहरुलाई पक्राउ गरेको थियो । यो घटनाले पनि नेपाली बैंकहरु ह्याक गर्ने चिनियाँहरुको कतिको ठुलो तयारी छ भन्ने बुझ्न गाह्रो छैन । तर प्रहरी प्रशासनले पनि यो कुरालाई त्यति ध्यान दिएको भने पाइदैन । एटिएम बुथमै ह्याकर पुगेपछि समात्नुभन्दा पनि त्यहाँसम्मको कामलाई नै निस्तेज गर्न सम्बन्धित पक्षले खास काम गरेको पाईदैन।

पटक पटक जोगिएको बैंक कहिलेसम्म जोगिएलान्  ?

केहि समयअघि ह्याकरको समूहले प्रभु बैंकको एटिएम ह्याक गर्न खोज्दा बैंकका कर्मचारीले समयमा नै थाहा पाए र प्रहरीलाई खबर गरे । जसका कारण ह्याकरको टोली समातियो । बुधबार पनि समयामा नै प्रहरीलाई सुचना पुग्यो र चिनियाँ नागरिक पक्राउ परे । केहि चिनियाँ नागरिकहरु पक्राउ परे पनि काठमाडौँका विभिन्न होटलमा चिनियाँ नागरिकहरुको ठुलो समूह बसेको सूचना प्रहरीसंग नै छ । तर को के कामले आएको छ भन्ने यकिन विवरण प्रहरीले खोजेकै छैन । यसले समग्र नेपालका बैंकहरु ह्याकरको निशानामा परेका छन् भन्ने बुझ्न गाह्रो छैन । यस विषयमा सबन्धित सबै पक्षले सतर्क भएर अगाडी बढ्नुपर्ने विज्ञहरुको सुझाव छ ।
नेपालमा चिनियाँ ह्याकरहरुको डरलाग्दो इतिहास
यसो त नेपालमा चिनियाँ ह्याकरहरु सक्रिय भएको धेरै अघिदेखि हो। नेपालमा पहिलोपटक एटिएममार्फत पैसा ठगी गर्ने गिरोह नै चिनियाँ गिरोह थियो । करिब ११ वर्षअघि नेपालमा भर्खरै नयाँ प्रविधि भित्रिंदै गर्दा सो प्रविधिमाथि धावा बोल्दै एक चिनियाँ समूहले पिन कोड चोरी गरी एटीएममार्फत अनधिकृत रूपमा पैसा निकालेका थिए । सुरु सुरुमा चिनियाँहरु पैसा चोर्ने फन्डा फरक थियो । आफूहरूले एटीएमबाट पैसा निकाल्न नजानेको भन्दै पैसा निकाल्न सिकेको बहाना गरी, पिन नम्बर चोरेर, एटीएम मेसिनमा डाटा चोर्ने प्रविधि राखेर उनीहरु ठगी धन्दा चलाउँथे । अहिले प्रविधि फरक छ, तर प्रवृति भने उही छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: