×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘विद्यालय बन्द गरेर काम छैन, विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित छन्’ : शिक्षामन्त्री

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले तत्काल विद्यालय बन्द नहुने बताएका छन् । शनिबार नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)को ३६औँ वार्षिक साधारणसभामा बोल्दै उनले तत्काल विद्यालय बन्द नहुने बताएका हुन् । शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीहरु घरमा भन्दा विद्यालयमा बढी सुरक्षित हुने र सरकार अहिले लकडाउन गर्ने पक्षमा नरहेको बताए । ‘विद्यालय बन्द गरेर काम छैन, विद्यार्थी घरमा भन्दा स्कुलमा बढी सुरक्षित छन्’ उनले भने । 
कोरोना भाइरसको संक्रमण अब जीवन एउटा भाग भइसकेको र सो संक्रमणसंग नडराई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर अगाडी बढ्नुपर्ने बताए ।  सो कार्यक्रममार्फत उनले मास्क लागाउन,  हातमुख धुन, सरसफाई गर्न, दुरी कायम गर्न भनेका छन् । 
साथै अहिलेको अवस्थामा लकडाउन नगरिने पनि उनले बताए । विद्यालय बन्द नै गर्नु छ भने संचालनहरुले नै बन्द गर्ने/नगर्नेबारे निर्णय गर्नुपर्ने उनको तर्क छ । सरकारले केहि दिनअघि मात्रै १४ जिल्लाका केहि शहरहरुलाई अति प्रवाभित क्षेत्र घोषणा गरेको थियो । ति स्थानमा मात्र बढी सतर्क हुन उनले आग्रह गरे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: