×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंककी सुष्मा पक्राउ, करोडौं रुपैयाँ हिनामिना गरेको आरोप !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंककी एक कर्मचारी पक्राउ परेकी छन् । राष्ट्र बैंकको शाखा अधिकृत पदमा कार्यरत सुष्मा रिजाल रेग्मी पक्राउ परेकी हुन् । काठमाडौँ प्रहरी परिसरका अनुसार उनले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी वकिलको कार्यालयमा जाहेरी परेको थियो । सोहि कारण उनलाई पक्राउ गरिएको हो । 
भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदीसमेत अनाधिकृत रुपमा निकालेको बताइएको छ । सृजना फाइन्‍नास र अरनिको सहकारीबाट पनि  झुक्याएर रकम निकालेको प्रहरीले जनाएको छ । उनले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि वेवास्ता गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा उल्लेख छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: