×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

७ जना भाग्यमानी आवेदकले पाए रु रु जलविद्युतको ११ कित्ता सेयर, यसरी हेर्नुहोस् आइपीओको रिजल्ट

  • अर्थ सरोकार सम्बाददाता 
काडमाडौं । आज शुक्रबार रु रु जलविद्युत परियोजनाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ३७ हजार ९१६ जना आवेदकले १० कित्ताका दरले सेयर हात परेका छन् ।
बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएका मध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो भने ८ हजार ५३५ जना आवेदकको आवेदन रद्द भएको छ । यसमा मागभन्दा ६१.६५ गुणा बढी आवेदन परेको थियो ।
रु रु जलुविद्युतले चैत २० गतेदेखि २४ गतेसम्म प्रतिकित्ता १२० रुपैयाँको दरमा कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

यहाँबाट हेर्नुहोस् आइपीओको रिजल्ट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: