विहानै जडिबुटीमा ३५ मिनेट जाम...! निमुखालाई मात्र घरभित्र थुन्ने यस्तो नाममात्रको लकडाउन के काम...? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइतबारबाट उपत्यकामा निषेधाज्ञामा थप कडाई गरिएको छ । १६ गतेदेखि जारी भएको निषेधाज्ञाको आज ४ दिन पुगेको छ । सुरु सुरुमा निषेधाज्ञा केहि खुकुलो भएपनि आज आइतबारबाट भने कडाई गरिएको छ । सवारीसाधनलाई प्रहरीले ठाउँठाउँमा चेक गरिरहेका छन् भने सवारीसाधनमा सवार व्यक्तिलाई परिचयपत्र हेरेर छाडिरहेका छन् । 

अत्यावश्यक सेवाबाहेकका सवारी तथा सवारीमा सवार व्यक्तिलाई प्रहरीले होल्ड गराइरहेका छन् । हिजो शनिबार भने काठमाडौँ उपत्यका सुनसान प्राय बनेको थियो तर आज आइतबार सडकमा सवारीको चाप बढेपछि जामको अवस्था सृजना भएको छ । यता सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु खुलेकाले निषेधाज्ञामा भीड बढेको निष्कर्ष निकालिएको थियो ।  सो क्षेत्रलाई अझै कडाइ गर्नुपर्ने जनाईको छ । 

काठमाडौं जिल्ला प्रशासनले दैनिक उपभोग्य वस्तुको खरिदबिक्रीका लागि बिहान १० बजेसम्म पसल खोल्न दिएको छ भने बिहानपख खाद्यान्न तथा तरकारी पसलहरुमा भने केही भिडभाड देख्न सकिन्छ । जडिबुटी चोकमा आज देखिएको दृश्य हेर्नुहोस् :
प्रकाशित मिति : Sunday, May 02, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal