कोरोना संक्रमणका कारण नबिल बैंकमा कार्यरत महिला कर्मचारीको मृत्यु, 'जति हारगुहार गर्दा पनि आइसीयु पाइएन...'

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना संक्रमणका कारण नबिल बैंक लिमिटेडमा कार्यरत एक महिला कर्मचारीको मृत्यु भएको छ । बैंकको कुमारीपाटी स्थित शाखामा कार्यरत एक महिला कर्मचारीको कोरोना संक्रमणका कारण निधन भएको हो । सोहि बैंकमा कार्यरत एक कर्मचारीले आफ्नी सहकर्मीको कोरोनाका कारण निधन भएको पुष्टी गरेकी छिन् । गुरुङ थर भएकी ती कर्मचारीले लक्षण देखिएपछि कोरोना परिक्षण गराएकी थिइन् ।

कोरोना संक्रमण भएपछी उनलाई सार्है गाह्रो भएपछी आइसीयुको बेडका लागि प्रयास गरिएको थियो । परिवारले आइसीयुको बेड नभेटेपछी बैंकलाईसमेत हारगुहार गरिएको तर आइसीयुको बेड नपाएपछि अन्तत: ती कर्मचारीको निधन भएको उनकी एक सहकर्मीले अर्थ सरोकारलाई बताएकी छिन् ।

'काममा निकै मेहेनती र लगनशील साथी गुमाएपछि हामीलाई पनि असह्य पीडा भएको छ । अत्यावश्यक सेवाका नाममा बैंकहरुमा कोरोना झन् फैलिएको विषयमा सम्बन्धित सबैले ध्यान दिनुपर्ने देखिन्छ ।' अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै ती बैंकरले भनिन् , 'कैलालीतिर एटिएमबाहेक सबै सेवाहरु बन्द गरिएका छन् । काठमाडौँमा पनि यस्तो नगरिए स्थिति झन् भयावह हुने देखिन्छ ।'

उनका अनुसार बैंकमा आउने आजकालका ग्राहकहरु धेरै संक्रमितका आफन्तसमेत हुने गरेका छन् । 'धेरै ग्राहक त कोरोना संक्रमितका आफन्त नै हुन्छन् । जति स्वास्थ्य मापदण्ड अपनाउँदा पनि हामी जोखिम बाहिर छैनौं ।'
प्रकाशित मिति : Wednesday, May 12, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal