महालक्ष्मी विकास बैंकका कर्मचारीको मृत्यु

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंकमा कार्यरत कर्मचारीको मृत्यु भएको छ । विगत १३ वर्षदेखि बैंकमा कार्यरत कर्मचारी प्रेम बोहराको कोरोनाका कारण मृत्यु भएको हो । उनको अछामको बयलपाटा अस्पतालमा उपचारका क्रममा ४८ वर्षको उमेरमा मृत्यु भएको हो ।

पछिल्लो समय बैंकिङ क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको छ । केहि दिनअघि माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।
प्रकाशित मिति : Friday, May 14, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal