×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु खुलेकाले निषेधाज्ञामा भीड बढेको निष्कर्ष, २० गतेदेखि थप कडाई गरिँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । निषेधाज्ञाको तेस्रो दिन अर्थात शनिबार पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीको टोलीले अनुगमन गरेको छ । निषेधाज्ञाको अवधिमा पनि भिड बढेपछि उक्त टोलीले शनिबार पनि अनुगमन गरेको हो । टोलीले सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गर्दा भीड बढेको निष्कर्ष निकालेको छ ।
आज शनिबार अत्यावश्यक सवारीसाधन फाट्टफुट्ट गुडेका छन् । सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था नखुलेकाले आज नखुलेकाले काठमाडौं उपत्यका अरु दिन भन्दा धेरै सुनसान देखिएको छ । यद्यपि बिहीबार र शुक्रबार भने काठमाडौंका सडकमा भीड देखिएको थियो । त्यसपछि गृह मन्त्रालयले निषेधाज्ञा थप कडा गर्न निर्देशन दिएको थियो ।  काठमाडौंका सीडीओ पराजुली, काठमाडौंका प्रहरी प्रमुख अशोक सिंह, महानगरीय ट्राफिक प्रहरी प्रमुख जनकराज भट्टराईको टोलीले बिहीबार पनि काठमाडौंका विभिन्न ठाउँमा पुगेर अनुगमनसमेत गरेको थियो ।  
टोलीले सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाको क्षेत्रलाई अझै कडाइ गर्नुपर्ने देखिएको जनाएको छ । सो विषयमा छलफल हुने सीडीओ पराजुलीले बताएका छन् । सीडीओको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले निषेधाज्ञालाई कडा बनाएका छन् । यता २० गते तीन वटै जिल्लाका सीडीओहरूको बैठक बोलाएर निषेधाज्ञा थप्ने र प्रभावकारी बनाउन केही सेक्टरलाई थप कडाइ गर्ने तयारी भइरहेको पनि पराजुलीले बताए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: