×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकमा स्वयम् उपस्थित नभई वृद्धभत्ता नदिएपछी स्ट्रेचरमा बैंक पुगिन् यी आमा…!

  • अर्थ  सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ की विष्णुमाया काफ्लेले झन्डै एक वर्षदेखि वृद्धभत्ता पाएकी छैनन् । सरकारले वृद्धभत्ता बैंकमार्फत मात्रै बाड्ने व्यवस्था गरेसंगै ७८ वर्षीया काफ्लेले झन्डै एक वर्षदेखि वृद्धभत्ता नपाएकी हुन् । कारण, उनि लामो समयदेखि बिरामीले थलिएकी छन् । न त उनी हिड्न सक्छिन् न त उनी राम्रोसँग बोल्न नै सक्छिन्  । 
उनलाई प्यारालाइसिस भएको पनि एक दशक पुगिसकेको छ । जसले गर्दा उनको बायाँ खुट्टा चल्दैन । वृद्धभत्ता बैंकमा त पुग्यो तर उनको हातमा पुगेन । भत्ता लिन स्वयम् आफै पुग्नु पर्ने सरकारले बनाएको नियमले उनी बैंकसम्म पुग्न सकिनन् । उनीजस्ता थुप्रै वृद्धवृद्धा यस्तो नियमले मारमा पारेको छ । 
बैंकले संरक्षकलाईसमेत भत्ताको रकम दिन मान्दैन ।  विष्णुमायाकै भत्ताको लागि पनि संरक्षक बसेका छोराछोरी पटक–पटक सिन्धु विकास बैंकमा पुगे तर रित्तै फर्किए । भत्ता पाउने व्यक्ति स्वयंको औँठाछापविना बैंकले रकम नदिने भएपछि हजुरआमालाई स्ट्रेचरमा बोकेर बैंक पुगेको नाति सुमित काफ्ले बताउँछन् । ‘सरकारले बनाएको यस्तो नियमले अशक्त वृद्धवृद्धालाई धेरै गार्हो बनायो’ उनि भन्छन् ।’ 
यो समस्या उनको मात्रै होइन देशका अधिकाशं स्थानमा यस्तै समस्या भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ कै पनि १५ वृद्धवृद्धाले आठ महिनादेखि भत्ता पाएका छैनन् । सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको थियो 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: