उपत्यकामा निषेधाज्ञा लम्ब्याउने तयारी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा फेरि लम्ब्याइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

कोरोना संक्रमण दर घट्न नसकेकाले निषेधाज्ञा थप्दै जाने र क्रमशः खुकुलो पनि पार्दै जानेबारे छलफल भइरहेको बताइएको छ । यसअघि थपिएकाे निषेधाज्ञा यही जेठ मसान्तमा सकिनेछ । त्यसपछि पुनः कम्तीमा एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेकाे हाे ।
प्रकाशित मिति : Friday, June 11, 2021
https://www.arthasarokar.com/2021/03/NIC-ASIA-Bank-4.html

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal