×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इ-सेवाको अर्को दादागिरी : राष्ट्र बैंकको नियम विपरित विनिमय दरमै ‘गडबडी’ गरी जनताको लाखौँ रुपैयाँ ठग्दै ! (फलोअप नम्बर ६)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ भाद्र २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

इ-सेवाको अर्को दादागिरी : राष्ट्र बैंकको नियम विपरित विनिमय दरमै ‘गडबडी’ गरी जनताको लाखौँ रुपैयाँ ठग्दै ! (फलोअप नम्बर ६)

काठमाडौँ – बैंक तथा वित्तीय संस्था ऐन विपरित काम गरेको, जनताको पैसा कहाँ छ भनेर जनतालाई थाहानै नदिइ गैरकानुनी धन्दा चलाएको लगायतका आरोप लागेको इसेवा फोन पे प्रालि नामक कम्पनीद्वारा संचालित इसेवाको अर्को गैरकानुनी धन्दा छताछुल्ल भएको छ । अन्तराष्ट्रीय पेमेन्ट गेटवे स्क्रिलका प्रयोगकर्ताबाट इसेवामा पैसा ट्रान्सफर गर्दा विनिमय दर भन्दा कम रकम ट्रान्सफर गराएर इसेवाले लुट मच्चाएको खुलासा भएको छ ।  
‘स्क्रिल’ एउटा अन्तराष्ट्रिय पेमेन्ट गेटवे हो । जहाँ नेपालको इसेवाले समेत आफ्नो सेवालाइ जोडेको छ । ‘स्क्रिलमा रहेको रकम’लाई इसेवाबाट इसेवाको खातामा तान्न मिल्छ । तर स्क्रिलबाट इसेवा एकाउन्टमा रकम तान्दा विनिमय दरमै गडबडी गरेर इसेवाले जनताको लाखौँ रुपैयाँ एकातर्फ ठगीरहेको छ भने अर्कोतर्फ नेपाल राष्ट्र बैंकको नियमको धज्जी उडाईरहेको छ ।
यसरी हुन्छ ठगी :
स्क्रिलले स्पष्टसँग भनेको छ स्क्रिलबाट रकम ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्दैन । तर नेपालको इसेवामा त्यहाँबाट रकम ट्रान्सफर हुँदा भने पैसा काटिने गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको नेपाली मूल्य खरिददर १०६.८७ र विक्रीदर १०७.४६ थियो । तर एक एकाउन्ट बाट इसेवामा रकम ट्रान्सफर गर्दा १०५ का दरले मात्र ट्रान्सफर भयो । 
आफ्नो नाम उल्लेख नगर्ने सर्तमा इसेवाका एक ग्राहक भन्छन्, ‘इ-सेवाले गर्दा निकै सजिलो भएको छ । अझ हामीजस्ता विदेशी काम गरी स्क्रिलमार्फत रकम झिक्नेहरुलाई त निकै सजिलो भएको छ । तर विनिमय दरमै परिवर्तन गरेर कम पैसा आउँदा भने निकै दुख लाग्छ ।’ उनका अनुसार यो पहिलो घटना भने होइन । कहिले १०२, कहिले १०५ आउँछ । नेपाल राष्ट्र बैंकको आजको मितिको दरमा निकै कमपटक पैसा आउने गरेको छ ।  ‘
(कम पैसा आएको र विनिमय दरमा गडबडी गरेको प्रमाण अर्थ सरोकार डटकमसँग सुरक्षित छ । स्क्रिनशट राख्दा इसेवाले आइडी हेरी ‘टर्चर’ देला भन्ने ग्राहकको अनुरोधमा हामीले त्यसलाई गोप्प रकहेका छौं। ) 
कहाँ जान्छ बीचको रकम ?    
बीचको रकम इसेवाले खाने गरेको आरोप ग्राहकहरुको छ । ‘स्क्रिल अन्तराष्ट्रिय पेमेन्ट गेटवे हो । त्यसैले उसले पैसा खाएको हुन सक्दैन । नेपालमा इसेवाले जनता ठग्ने गरेको सुनिएकै हो । यो बीचको रकम पनि इसेवाले नै हिनामिना गरेको हुनुपर्छ। ‘ इसेवा र स्क्रिल दुवैका एक सेवाग्राहीले अर्थ सरोकार डटकमसँग भने। यता कतिपयले स्क्रिलमा नेपाली विनिमय दर राम्रोसंग अपडेट नभएका कारण त्यस्तो हुन सक्ने तर्क गर्छन् । तर नेपाल राष्ट्र बैंकले तोकेको निविमय दरमा रकम प्राप्त गर्ने जनताको अधिकारमाथि भने ठाडो धावा बोलिएको छ ।
कानुनत: नेपाल राष्ट्र बैंकको नियम विपरित डलरको दरलाइ घटबढ गर्नुलाइ अपराध मानिन्छ ।   
यो पनि पढ्नुहोस् :

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: