×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भाटभेटनी सुपरमार्केटको व्रह्मलुटमा सरकारी अधिकारी देखि कथित उपभोक्तावादीहरुसम्म रमिते !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १७ आश्विन २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

भाटभेटनी सुपरमार्केटको व्रह्मलुटमा सरकारी अधिकारी देखि कथित उपभोक्तावादीहरुसम्म रमिते !

सरकारी अधिकारीहरु नै पैसामा बिक्ने मुलुक न पर्यो नेपाल । यस्तै घुस्याहा सरकारी अधिकारीहरुलाई भाटभेटनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङले कसरी खरिद विक्री गरी अझैं लुट धन्दा कायम राखेको छन यस्को खुलासा हो यो चाहिँ ।
धेरै भएको छैन । तीन साता अगाडि मात्र अखाद्य सामाग्री बेचेको भन्दै चाबहिलस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोर सिल गरिएको । तर सिल गरिएको हप्ता दिन नबित्दै आपूर्ती मन्त्रालयका घुस्याहा कर्मचारीहरुलाई खरिद गरी उक्त सिल तोडिएन मात्र त्यहाँ अर्काे गाइजात्रा देखियो ।
तपाईले भाटभेटनी सुपरमार्केटको कुनै पनि शाखामा पुग्नुभयो भने त्यहाँ आपूर्ती मन्त्रालयको लोगो सहित सुपथ मूल्यको सामान पाइने व्यानर झुण्डिरहेको देख्न पाउनुुहनेछ ।यद्यपि उस्ले सर्वसाधरणहरुलाई यसरी मुर्गा बनाइरहेको छ त्यहाँ उल्लेख गरेजस्तो छुटमा कुनै सामान भने पाइदैन ।
दुई साता अगाडि मात्र अखाद्य वस्तु बेचियो भन्दै तिनै आपूर्ती मन्त्रालय र उपभोक्तावादीहरु पुगेर सिल गरिएको भाटभेटनीले त्यस्को साता दिन नबित्दै आपूर्ती मन्त्रालयकै व्यानर झुण्डाएर सर्वसाधरणलाई ठग्ने छुट पाएको छ ।
सरकारकै लोगो झुण्डाएर दैनिक उपभोग्य वस्तुमा ब्यानरै टाँगेर भाटभटेनीले लुट मच्चाइरहँदा पनि सरकारी अनुगमन टोलीको ध्यान यसतर्फ गएको छैन । बरु यस्ता लुट मच्चाउनेहरुसँगै कथित उपभोक्तावादी भनाँउदाहरुको समेत मिलेमतो भेटिन्छ । उपभोक्ता अधिकार मञ्च नामक संस्था खडा गरी अध्यक्ष बनेका प्रेमलाल मर्हजनसँग यससम्बन्धमा जिज्ञासा राख्दा भाटभेटनीले छुटमै सामान बेचिरहेको जिकिर गरे ।
सरकारी व्यानर झुण्डाएर त्यहाँ लेखिएको छ ‘नेपाल सरकार आपूर्ति मन्त्रालयको बिशेष आग्रहमा दाल, चामल, तेल, नुन, चिनी, मसला, मैदा, चियापत्तिलगायतमा विशेष छुट दिइएको छ ।’
सरकारको आधिकारिक लोगो भएको ब्यानरमा छुट लेखे पनि भाटभटेनीले छुट दिएको छैन । बाहिरको खुद्रा पसल, साल्ट टे«डिङ र भाटभटेनीको एउटै सामानमा फरक फरक मुल्य छ । कतिसम्म भने सरकारको सुपथ मूल्य पसलमा चिनी प्रति केजी ७९ रुपैयाँमा बिक्री भईरहेको छ भने बाहिर बजार ८५ रुपैयाँमा बिक्री भएको छ । तर, त्यही चिनी भाटभटेनीले ८७ रुपैयाँमा बेचिरहेको छ । बाहिर पसलहरुमा मुंगको दाल २ सय ५ रुपैयाँ प्रति केजीमा बिक्री भइरहेको छ । त्यही दाल भाटभटेनीमा २ सय ४८ रुपैयाँमा बिक्री भइरहेको छ । चिनी र मुंगमा मात्र होईन सबै बस्तुहरुमा भाटभटेनीको मूल्य बढी छ ।
  • एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: