×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा आएका बाबा रामदेवविरुद्ध हात्ती मारेको आरोपमा वन मन्त्रीले हालिन मुद्दा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ मंसिर २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

नेपालमा आएका बाबा रामदेवविरुद्ध हात्ती मारेको आरोपमा वन मन्त्रीले हालिन मुद्दा

काठमाडौँ- भारतका चर्चित योगगुरु बाबा रामदेव आजकाल नोटमा प्रतिबन्धको निर्णयको बचाउ गर्दै हिँडिरहेका छन् । त्यसो त उनी अहिले वीरगन्जमा चलिरहेको योग शिविरका लागि नेपालमा बसिरहेका छन् ।
उनको कम्पनी पतन्जलीले बारा-पर्सा औद्योगिक कोरिडोरमा एक अर्ब भन्दा धेरैको लागतमा आयुर्वेदिक उद्योग पनि खोलेको छ । त्यो कम्पनीको उद्योगको उद्घाटन नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले गरिसकेकी छन् ।
नेपालको बारासँगै भारतको असममा पनि रामदेवले पतन्जलीको उद्योग खोलिरहेका छन् । असममा निर्माणाधीन उद्योगको खाल्डोमा परेर एउटा पोथी हात्तीको ज्यान गएपछि बाबा रामदेवविरुद्ध प्रहरीमा मुद्दा परेको छ । असममा पतन्जली हर्बल एन्ड मेगा फुड पार्क निर्माणस्थलमा खनिएको खाडलमा परेर हात्तीको ज्यान गएपछि रामदेवलाई अफ्ठेरो आइलागेको हो ।
असमकी वन मन्त्री प्रमिला रानी ब्रह्माले पतन्जलीविरुद्ध एफआईआर दर्ता गर्न आदेश दिएकी छन् । यस खाडलमा हात्ती र उसको बच्चा खसेका थिए । वन विभागले हात्तीको बच्चालाई त बचायो तर माउ हात्तीको भने खाडलमा खसेको २४ घन्टाभित्र ज्यान गयो । माउ हात्तीको टाउकोमा गहिरो चोट लागेको थियो भने एउटा खुट्टो पनि भाँचिएको थियो ।
असमकी वन मन्त्री प्रमिलाले पतन्जलीका सञ्चालकहरु वन्यजन्तुप्रति धेरै गैरजिम्मेवार र असम्वेदनशील रहेको पनि बताइन् । वनमन्त्र ब्रह्माले इन्डियन एक्सप्रेसलाई बताए अनुसार पतन्जलीको उद्योग खोलिएको स्थानमा जङ्गली हात्ती ओहोरदोहर गरिरहन्छन् ।
‘हात्ती आउने जाने बाटो थाहा भएर पनि पतन्जलीवालाले खाल्डो कसरी खुल्ला छोड्न सके?’, उनले प्रश्न गरेकी छन्, ‘खुल्ला छाडिएको खाडलक्षेत्रमा रेखदेख गर्ने मानिस पनि थिएनन् । यसले उनीहरूको लापरबाही पुष्टि हुन्छ । उनीहरूले यस मामिलालाई धेरै हल्कारुपमा लिए हामी कडा कारबाही गर्छौँ ।’
पत्नजलीको तर्फबाट बोल्दै उदितादित्य गोस्वामीले सन् १९९० मै औद्योगिक क्षेत्र घोषित गरिएको जनाउँदै यो क्षेत्र हात्तीको कोरिडोर नभएको जिकिर गरेका छन् ।
‘यो हात्ती अरुणाचल प्रदेशबाट असमतिर झरेको रहेछ । हामीलाई हात्ती संरक्षण अभियानबारे जानकारी छ’, उनले भनेका छन्, ‘जब यहाँ काम चलिरहेको थियो तब हामीले छ जना मानिसलाई रेखदेखका लागि राखेका थियौँ तर पनि यस्तो घटना हुन पुग्यो, यो दु:खद छ ।’
गोस्वामील हात्ती मरेको स्थानमा पतन्जली चाँडै २८,००० बिघामा एक हर्बल उद्यान बनाउने तयारीमा लागेको बताए । पतन्जली फुड पार्क साइट नामेरी नेशनल पार्कबाट २० किलोमिटर टाढा रहेको छ। वनमन्त्री ब्रह्माले यस विषयलाई पतन्जलीले गम्भीरतापूर्वक हेर्नुपर्ने बताउँदै हात्तीका लागि ठुलो क्षेत्र कोरिडोर बनाउने आवश्यकता रहेको पनि बताइन् ।
वन विभागले क्रेनको सहयोगमा हात्ती र उसको बच्चालाई बाहिर निकालेको छ । उद्धार गरिएको हात्तीलाई काजरङ्गा पार्कको सेन्टर फर वाइल्डलाइफ रिह्याबिलिटेसन एन्ड कन्जर्भेशन (सीडब्लुआरसी) मा पठाइएको थियो । जुन घटनास्थलबाट ६० किलोमिटर टाढा थियो । तर, शरीरबाट धेरै रगत बगेको हात्तीको बाटैमा ज्यान गयो ।
ज्यान गुमाएको हात्तीको बच्चालाई भने सीडब्लुआरसीमा राखिएको छ। रामदेवको पतन्जली हर्बल तथा मेगा फुड पार्कलाई असममा १५० एकड जमिन मिलेको थियो । गत ६ नोभेम्बरमा असमका मुख्य मन्त्री सर्बानन्द सोनोवालले यसको शिलान्यास गरेका थिए ।
  • एसियन समाचार 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: