×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको चेक नक्कली भएको भन्दै सिद्धार्थ बैंकले लिन मानेन !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ कार्तिक २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको चेक नक्कली भएको भन्दै सिद्धार्थ बैंकले लिन मानेन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – गत साउन १ देखि पूर्ण रुपमा एमआइसीआर चेकमात्र प्रचलनमा ल्याउने नेपाल राष्ट्र बैंकको निर्णयविपरित ग्लोबल आइएमइ बैंकले उक्त नम्बर नभएका चेकहरु समेत जारी गरेर जनतालाई झुक्काएको छ । गत बिहिबार ग्लोबल आइएमइ बैंकले जारी गरेको चेक जम्मा गर्न पुग्दा सिद्धार्थ बैंकले एमआइसीआर बाहेकका अन्य चेकहरु नक्कली भएको बताउँदै फिर्ता गरिदिएपछी बैंकले जनताको आँखामा छारो हालिरहेको तथ्य फेला परेको हो ।

नियम विपरित यस्तो काम गर्दै ग्लोबल आइएमइ बैंक :
ग्लोबल आइएमइ बैंकले वारेन्ट नम्बर ७०७११००४६१ को चेक मिति २०७१ साल असोज २९ गते तयार गरेको थियो । तर ढिलोगरी उक्त चेक बुझ्न गएका ग्राहकलाई अर्को चेक जारी गर्नुपर्नेमा त्यहि मितिलाई सच्याएर सहि गरेर पठाएको थियो । जवकी चेकमानै उक्त चेक जारी गरेको मितिदेखि ६ महिनासम्ममात्र मान्य हुन स्पष्ट लेखिएको छ ।

गत साउनदेखि एमआइसीआर बाहेकका चेक नचल्ने थाहा हुँदाहुँदै बैंकले थोरै पैसा जम्मा गर्न ग्राहक जाँदैनन् वा थोरै पैसा ग्राहकले माया मार्छन् भन्दै जानी जानी यस्तो लापरवाही गरेको सरोकारवालाहरुको गुनासो छ । उक्त चेक डिभीडेन्डवापत प्राप्त गरेको रकम २९ रुपैयाँ १७ पैसाको थियो थियो । यो मात्र होइन बैंकले यसरी मिति परिवर्तन गरेर एमआइसीआर बाहेकका चेकहरु बजारमा छ्यापछ्याप्ती पठाएको छ, जुन नेपाल राष्ट्र बैंकले जारी गरेको नियम विपरित छ । 

सिद्धार्थ बैंकले लिन मानेन 
उक्त चेक सिद्धार्थ बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न पुगेका ग्राहकलाइ बैंकले त्यस्तो चेक नक्कली भएको भन्दै फिर्ता पठाईदिएको छ । ‘एमआइसीआर बाहेकका अन्य चेक चल्दैनन् । यस्तो चेक बोक्नु,प्रयोग गर्नु वा जम्मा गर्नु नै कानुन विपरित हो ।’ ग्राहकलाई सिद्धार्थ बैंककी एक कर्मचारीले बताइन् । यता थोरै रुपैयाँको चेकका लागि कहाँ कहाँ भन्ने वा दौडिने भन्ने कुराले आफुलाई दिक्क बनाएको ग्राहकको भनाइ छ । ‘२९ रुपैया १७ पैसाको चेकका लागि कहाँ कहाँ भन्नु ? बैंकमा जाने भाडा वा बैंकमा फोन गर्दानै त्यहाँभन्दा बढी पैसा सकिन्छ ।’ पीडित ग्राहकहरुले अर्थ सरोकार डटकमसँग भने ।


बोल्नै मान्दैन ग्लोबल आइएमइ बैंक 
पछिल्लो समय जनता लुट्ने चन्द्रागिरी हिल्स र गैरकानुनी काम गर्ने आइएमइमा लगानी गरेको समूहकै ग्लोबल आइएमइ बैंक पत्रकारले सोधेका कुनै पनि प्रश्नबारे बोल्ने छाडेका छन् । अझ अर्थ सरोकार डटकम भन्ने बितिक्कै त्यहाँका कर्मचारीको लवजनै बेग्लै हुने गरेको छ । अर्थ सरोकार डटकमले चन्द्रागिरी हिल्सको लुट धन्दा, आइएमइको कालो धन्दा लगायतका समाचारहरु सार्वजनिक गरेपछि बैंकका कर्मचारीहरु यसरी बदलिएका हुन् । बैंकले जारी गरेको चेक सिद्धार्थ बैंकलेलिन नमानेको भन्ने खबरबारे बुझ्न ग्लोबल आइएमइ बैंकमा फोन गर्दा त्यहाँकी कर्मचारीले सम्बन्धित विभागमा फोन ट्रान्सफर गरिदिने भन्दै फोन काटेकी थिइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: