×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि बिकास बैंकको स्वर्ण जयन्तीमा ‘राष्ट्र बैंकलाई नो इन्ट्री’ ! यसकारण पठाइएन निम्तो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ माघ २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

कृषि बिकास बैंकको स्वर्ण जयन्तीमा ‘राष्ट्र बैंकलाई नो इन्ट्री’ ! यसकारण पठाइएन निम्तो !

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – कृषि बिकास बैंकले आफ्नो स्वर्ण जयन्ती समारोहमा नेपाल राष्ट्र बैङ्कलाई निम्तोनै नपठाएको खुलासा भएको छ । बैंकले शुक्रबार आयोजना गरेको ५०औँ वार्षिकोत्सव समारोहमा राष्ट्र बैङ्कका गभर्नर नदेखिएपछी यसबारे विभिन्न सरोकारवालाहरुले खोजीनीति गरेका थिए ।
‘गभर्नर किन आएनन् भन्ने बुझ्दा नेपाल राष्ट्र बैंकलाइ निम्तोनै नपठाएको थाहा भयो । समारोहको कार्यक्रम तालिकामानै गभर्नर र राष्ट्र बैङ्कका प्रतिनिधिको नाम उल्लेख नभएको देखिएपछि निम्तो नपठाउनु ‘नियोजित’ भएको बुझिएको छ । ‘ समारोहमा उपस्थित एक सहभागीले अर्थ सरोकार डटकमसँग भने ।  
उनका अनुसार बैंकका सीईओ लीलाप्रकाश सिटौला र गभर्नर डा. चिरञ्जिवी नेपालको सम्बन्ध राम्रो नरहेका कारण नेपाल राष्ट्र बैंकलाई निम्तोनै पठाईएको थिएन । समारोहका लागि  अर्थमन्त्री कृष्णबहादुर महरा, अर्थ मन्त्रालयका सचिवद्वय शान्तराज सुवेदी र राजन खनाल, पूर्वगभर्नरद्वय दिपेन्द्रपुरुष ढकाल र डा. तिलक रावल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की लगायतलाई बोलाइएको थियो । 
समारोहमा बैङ्कले अर्थ मन्त्रालय र मातहतका निकायका अध्यक्ष, महाप्रबन्धक, कार्यकारी निर्देशक, प्रमुख कार्यकारी अधिकृत र प्रशासकसहित २५ जनालाई अतिथिका रूपमा निम्तो दिएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: