×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ७ माघ २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

त्रिभुवन विश्वविद्यालयमा लाखौं रुपैयाँमा यसरी बेचिँदो रहेछ प्रश्नपत्र !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – विश्वविद्यालयमा चरम अनियमितता हुने गरेका हल्ला बेला बेलामा सुनिएकै हो । यसपाली भने उक्त हल्ला सहि भएको प्रमाणित भएको छ । विश्वविद्यालय सेवा आयोगले विज्ञापन नं. ७ र ८ अन्तर्गत लिएको गणित विषयको खुला र आन्तरिक उपप्राध्यापक परीक्षामा प्रश्नपत्र किनबेच भएको खुलासा भएको छ । राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनपछी यस्तो तथ्य बाहिर आएको हो । केन्द्रले गत मंसिर २२ गतेदेखि ३० गतेसम्म यस विषयमा अध्ययन गरी तयार पारेको प्रतिवेदनमा यस्तो रहस्यको खुलासा भएको हो ।  केन्द्रले प्रमाण सहितको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको बताएको छ ।
पास गराउने  भन्दै लाखौँ रकम असुली, प्रश्नपत्रविज्ञ भट्टले लाखौंमा बेचे प्रश्नपत्र
केन्द्रले गरेको अध्ययनले विश्वविद्यालयले संचालन गर्ने विभिन्न परिक्षामा कसरी चलखेल हुन्छ  भन्ने उल्लेख गरेको छ । प्रश्नपत्र निर्माण विज्ञ रामविश्वास शाह र र चेतनाथ भट्टले परीक्षार्थीलाई पास गराइदिने भन्दै  रकम असुल्ने गरेको तथ्य उक्त प्रतिवेदनमा प्रस्तुत भएको छ । प्रश्नपत्र निर्माणविज्ञ चेतराज भट्टले प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई बाँडेको तथ्य समेत केन्द्रको अनुगमन टोलीले फेला पारेको थियो । उनलाई परेको उजुरीको आधारमा यस्तो तथ्य फेला परेको थियो । राष्ट्रिय सतर्कता केन्द्रमा परेको उजुरीमा एक जनालाई पास गराउन १० लाखसम्मको लेनदेन हुने गरेको उल्लेख भएको थियो । त्यहि उजुरीका आधारमा गरिएको अनुसन्धानबाट यस्तो रहस्य खुलेको हो । उजुरीकर्तालाई पास गराउन भन्दै १० लाख मागिएको र उक्त रकम दिन नसकेपछि आफु फेल भएको भन्दै उनले उजुरी दिएका थिए ।  

छोरीज्वाईंको उत्तरपुस्तिका जाँचे ससुराले
यस्तै प्रतिवेदनमा प्रश्नपत्र निर्माणविज्ञ शाहले आफ्नै छोरीज्वाइँको उत्तरपुस्तिका जाँच गरेको उल्लेख छ । ‘गणित विज्ञान विषयको दोस्रो खण्डका परीक्षापत्र जाँचक शाहले आफ्नै छोरी ज्वाइँ अमरनाथ शाहको उत्तरपुस्तिका जाँच गरका थिए । अमरनाथ उक्त परीक्षामा पास भइसकेका छन् ।’ प्रतिवेदनमा उल्लेख छ । नियम अनुसार यस्तो गर्न पाइदैन । तर ऐनलाइ मिच्दै त्रिभुवन विश्वविद्यालयमा यस्तो काम हुने गरेको तथ्य फेला परेको छ । यसरी उत्तरपुस्तिका जाँचेको थाहा पाएकाहरुलाई समेत मोटो रकम दिएर फकाउने गरेको र उक्त कुरालाई सकेसम्म लुकाउने गरिएको तथ्य समेत सार्वजनिक भएको छ ।  


उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई पैसाको चलखेल हुँदोरहेछ :

प्रतिवेदनमा उल्लेख भएअनुसार गणित विषयको उक्त परीक्षामा विभिन्न परिक्षार्थीहरूले आ–आफ्नो उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई आयोगका पदाधिकारी र जाँचकसँग सम्पर्क गरी रकम लेनदेनका आधारमा पासफेल गराएको उल्लेख छ । ‘उत्तरपुस्तिकामा विभिन्न संकेत बनाई उक्त संकेतका आधारमा रकम लेनदेन गरेको विषयमा समितिले माग गरेका उत्तरपुस्तिका उपलब्ध गराउन आयोगले अस्वीकार ग–यो,’ प्रतिवेदनमा भनिएको छ । यस्तै ‘रिटोटलिङ’ गर्ने नाममा पनि लाखौँको चलखेल भएको र फेल भएकाहरु पास गराउने काम भएको प्रतिवेदनमा उल्लेख छ । 

यस्तो छ भट्ट र साहको पृष्ठभूमि:

यो प्रकरणमा मुछिएका भट्टलाई त्रिवि सेवा आयोगले प्रश्नपत्र निर्माणविज्ञ तथा उत्तरपुस्तिका जाँच गर्ने विज्ञको रूपमा कार्ययोजनामा तोकिएबमोजिम त्रिवि कार्यकारी परिषद्बाट सिफारिस भई आयोगले पारित गरेको विशेषज्ञको रोस्टरमा राखेको छ । त्यस्तै भक्तपुर बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने शिक्षक पनि प्रश्नपत्र निर्माण विज्ञ हुन् । त्रिवि शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम – २०५० का अनुसार एउटै व्यक्तिलाई प्रश्नपत्र निर्माणविज्ञ र उत्तरपुस्तिका जाँचकको रूपमा राख्न पाइन्न ।  भट्ट र शाह दुवैजना प्रश्नपत्र निर्माणविज्ञ र जाँचक हुन् ।

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: