×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको समाचारपछी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा दुइ हाकिमको जागिर चैट !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ फाल्गुन २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

अर्थ सरोकारको समाचारपछी नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा दुइ हाकिमको जागिर चैट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)मा भ्रष्टाचार गरेको आरोपमा दुइ हाकिमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खबर अर्थ सरोकार डटकमले प्रकाशन गरेपछि संस्थाका दुइ हाकिमको जागिर गएको छ । समाचार प्रकाशन लगत्तै आइक्यानका प्राविधिक निर्देशकले आइक्यानबाट राजिनामा दिएका थिए भने आइक्यानका कार्यकारी निर्देशकलाई आइक्यानको काउन्सिल बैठकले यो फाल्गुनसम्ममात्र आइक्यानमा राख्ने निर्णय गरेको छ । 
हिजो बसेको काउन्सिल बैठकले यस्तो निर्णय गरेको हो । फाल्गुन अन्तिमसम्म श्रेष्ठको कार्यावधि थियो । त्यसपछी नयाँ कार्याकारी निर्देशक आइक्यानमा नियुक्त हुनेछन् ।’फाल्गुन अन्तिमसम्म बिनय प्रकाश श्रेष्ठ आइक्यानको कार्यकारी निर्देशकको रुपमा रहनेछन् । त्यसपछी आइक्यानमा नयाँ कार्यकारी निर्देशक आउनेछन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक काउन्सिल सदस्यले भने, ‘नयाँ कार्यकारी निर्देशक नआउन्जेलसम्म सम्भवत: बिनोद न्यौपाने कार्यवाहक कार्यकारी निर्देशक हुनेछन् ।’ आइक्यानमा श्रेष्ठको म्याद थप्ने वा नथप्ने भन्ने विषयमा छलफल भएको थियो भने उनको म्याद नथप्ने निर्णय बहुमतबाट पास भएको थियो । 
यता संस्थाबाट पुष्पेन्द्र सिंहले राजीनामा दिएका छन् । आइतबार उनले आइक्यानमा राजीनामा दिएका हुन् । १ महिनापछिको मितिबाट कार्वनयन हुने गरी उनले आइक्यानबाट राजीनामा दिएको आइक्यान स्रोतले बताएको छ । आइक्यान स्रोतले दिएको जानकारी अनुसार आफुविरुद्ध अख्तियारमा उजुरी परेको खबर  प्रकाशित गरेपछि उनी निकै चिन्तित थिए । उनले आइक्यानका केहि कर्मचारीहरुसँगपनि आइक्यान छोड्ने प्रतिक्रिया दिएका थिए । त्यतिबेला नपत्याएका कर्मचारीपनि अहिले जिल्ल परेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: