×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारवाट नभागौ, बजारमा ‘सकुनी’ हरु प्रवेश गर्न थाले ! (नवराज घिमिरेको विश्लेषण)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ माघ २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

सेयर बजारवाट नभागौ, बजारमा ‘सकुनी’ हरु प्रवेश गर्न थाले ! (नवराज घिमिरेको विश्लेषण)

  • नवराज घिमिरे 

केहिदिन यता बजार घटेको मात्र हो, बजार क्र्यास भएको होईन । तर बजारको व्यूटी भनेको घट्नु र बढ्नुनै हो । बजार ‘क्र्यास’  भएको भए हेर्नुस त हिजो र आज गरी २ दिनमा झण्डै ७० करोडको कारोवार भएको छ । यति धेरै रकमको शेयर कसले किन्यो ? कसले बेच्यो ? तपाई वुध्दु भएर वेचिरहनु भएको त छैननि ? 
अफवा फैलाएर “व्वासा”हरु किनिरहेका छन । “सकुनी”को भुमिकामा रहेका केही संस्थागत लगानीकर्ताहरु वजारमा प्रवेश गर्न थालि सकेका छन् ।  योपनि तपाई जस्तो घाटामा शेयर वेच्नेले वुझ्न जरुरी छ । जसरी बजारमा प्रस्तावित बिमा ऐनमा कम्पनीको चुक्तापूँजी हटाइयो भनिएको छ, यो पनि भ्रमको खेति गर्न पल्केका एक थरी “व्वासो” हरुले फैल्याएको अफवा मात्र हो । 
तर विमा क्षेत्रमा एउटा सम्भावना छ, त्यो के भने करिव ४ वटा विमा कम्पनी लाइसेन्स लिने दाउमा छन् । विशेष सुत्रवाट वुझिए अनुसार ति ४ वटा विमा कंम्पनी २५ करोडकै चुक्ता पूँजीमा आउंदैछन् । सायद यो काम चैत्र भित्रनै हुनेछ । हो यसै कारणले विमा एेनको मस्यौदा लाई अर्थ मन्त्रालयमानै केहि समयकोलागि निष्कृय पारिदै छ । 
मान्नुस की यि ४ विमा कम्पनी वजारमा अाउनासाथ निर्जिवन विमालाई ४ अर्व र जीवन विमालाई ५ अर्व चुक्ता पूजीँ पुर्याउन विमा समितीले समय सिमा तोक्ने छ । जसरी राष्ट वैकले २०७४ असार मसान्त लाई वटमलाइन वनायो ।
वजार वुझेका तर नबुझै गर्ने “व्वासाहरु” के हल्ला चलाऊदा वजार ओर्लन्छ, त्यहि मौकामा वजार वाट शेयर उठाउने भनेर लागि परिराखेका छन । बजारबारे अल्पज्ञान भएकाहरुले यसैमा हो मा हो, मिलाएर घाटा खायरै भयपनि शेयर वेचिरहेका छन । घाटामा सेयर वेच्नेहरुले समेत यस विषयमा गलत प्रचार गरिरहेका छन् ।
  
बजारमा थुप्रै समस्याहरु छन् । त्यस मध्य तरलता मुख्य समस्या भएको छ । बैंकहरुमा निकै कमी कमजोरी छ । जसरी बैंकहरुले नाफा देखाउनका लागि जबरजस्ती ‘कार लोन’ र ‘रियल स्टेट्मा’ लगानी गरेका छन्, यसले बैंकहरुलाई फाइदा गर्दैन ।   बैंकले ब्याजदर बढाएर आफ्नो खुट्टामा बन्चरो हाल्ने काम गरेका छन् । यसको समिक्षा बजारले गर्नेनै छ ।
बजारबाट आत्तिने होइन । यो धैर्यता हुनेले कमाउने ठाउँ हो । सबै मिलेर वजार लाई वलियो वनाउनु पर्छ । हल्लाको पछी लागेर बजारलाइ कमजोर वनाउने तिर नलागी यो विषम परिस्थितीमा अत्यावस्यक काममा भन्दा वाहेक १ कित्ता पनि शेयर वेच्नु हुदैन ।  । नेपालको आजको स्थितीमा पूँजी बजारजस्तो सहज र लगानीयोग्य ठाउँ कम नै छ । हरेक लगानीकर्ताले यो कुरा बुझ्न जरुरी छ ।
हो, धितोपत्र  बोर्ड, नेप्से, राष्ट्र बैंक ,अर्थ मन्त्रालय लगायतका निकायमा पनि समस्या छन् । तीनै समस्याको फाइदा उठाएर अहिले बजार घटाउने कार्य भैरहेको छ । बजारका बारेमा अफवा फैलाएर गलत काम भइरहेको छ । यसमा सबै सजग हुन जरुरी छ । हल्लाको भरमा नलागी बुद्धिमानीपूर्ण ढंगले लगानी गर्नु राम्रो हुन्छ ।
बजार यति आउँछ र उति आउँछ भन्ने कुराको पछी लाग्नु मुर्खता बाहेक केहि होइन । यो मान्छेले भनेर हुने कुरा होइन । बजार जातिमा आएपनि राम्रो कम्पनीमा लगानी गरे घाटा हुन्न । हरेक लगानीकर्ताले बुझ्नुपर्ने कुरा यहि हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: