×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलोअप : चुनावको मुखमै फुट्नेभो कांग्रेस ! चैत्र अन्तिमसम्ममा जन्मिदैछ नेपाली कांग्रेस (विपी) नामको नयाँ पार्टी !

PRIME CA

फलोअप : चुनावको मुखमै फुट्नेभो कांग्रेस ! चैत्र अन्तिमसम्ममा जन्मिदैछ नेपाली कांग्रेस (विपी) नामको नयाँ पार्टी !

अर्थ सरोकार

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सरकारले यहि आउँदो बैसाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । चुनावको घोषणासँगै मधेशी नेताहरु आन्दोलनको तयारीमा छ । ठिक यहि समय नेपाली कांग्रेस भने फुट्ने अन्तिम तयारीमा छ । यसअघि नै अर्थ सरोकार डटकमले नेपाली कांग्रेस फुट्न लागेको र नेपाली कांग्रेस (वीपी) नामक नयाँ पार्टी खुल्न लागेको समाचार ब्रेक गरेको थियो । 
निर्वाचनको घोषणासँगै नेपाली कांग्रेस (विपी)को तयारीमा रहेका नेताहरु झन् जुझारु भएर जुट्ने भएका छन् । निर्वाचन मिति घोषणा भएलगत्तै नेपाली कांग्रेस (विपी) को तयारीमा रहेका केहि नेताहरुले अनौपचारिक रुपमा निर्वाचन मिति नजिकिएकाले चैत्र अन्तिम साता नै पार्टीको महाधिवेसन गर्ने तयारी गरेका छन् । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार भोलि नेताहरुको छुट्टा छुट्टै बैठक बसी यस विषयमा अनातारिक निर्णय हुनेछ ।        
कांग्रेस फुट्ने अन्तिम तयारी भएको समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछी यस विषयमा चर्चा- परिचर्चा झन् बढेको छ । यद्यपी नेपाली कांग्रेसले भने यस विषयमा कुनै भनाइ सार्वजनिक गरेको छैन । नेपाली कांग्रेसले वीपीको चिन्तनलाई मनन नगरी पार्टीमा मनलाग्दी गरेको भन्दै नेपाली कांग्रेसबाट नेपाली कांग्रेस (विपी) मा लाग्न लागेका नेताहरुले पार्टीभित्रको आन्तरिक तयारी भइरहेको, संगठन विस्तार भइरहेको बताएका छन् । 
यता अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक नेताले हाल निर्वाचन आयोगमा दर्ता रहेको नेपाली कांग्रेस राष्ट्रवादीको ब्यानरमै महाधिवेशन गर्ने र सोही महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी ‘नेपाली कांग्रेस (वीपी)’ राख्ने आन्तरिक सहमति भइसकेको र सोहि अनुसार अगाडी बढ्न लागिएको बताएका छन् । 
उनका अनुसार बैसाखमा महाधिवेसन गर्ने भन्ने आन्तरिक छलफल भएको भएपनि सरकारले निर्वाचन मिति घोषणा गरेपछि आन्तरिक छलफल गरी यस्तो निर्णयमा पुगेको बताएका छन् । ‘भर्खर निर्वाचन मिति घोषणा भएको खबर पाइयो । हामी आन्तरिक छलफलमा पनि छौं । चैत्र अन्तिमसम्ममा महाधिवेसन गर्नुपर्ने देखिएको छ । बाँकी कुरा छलफल गरेर भन्नेछौं ।’ उनले भने । 

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: