×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवल पावर कम्पनीले एफपिओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

बुटवल पावर कम्पनीले एफपिओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

बुटवल पावर कम्पनी लिमिटेडले थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने भएको छ । एफपिओ निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमति दिएको छ । कम्पनीले बोर्डमा आइतबार (चैत १३ गते) निवेदन दिएको हो । 
कम्पनीले दुई लाख चार हजार कित्ता एफपिओ निष्काशन गर्नका लागि बोर्डसँग अनुमति माग गरेको हो । कम्पनीले एक सय रुपैंया अंकित मूल्यमा तीन सय ७० रुपैंया प्रिमियम थप गरी कम्पनीले चार सय ७० रुपैयाँमा एफपिओ निष्काशन गर्नेछ । कम्पनीले प्रस्तावित मूल्य प्रक्षेपित मात्र भएको भन्दै २० प्रतिशतले मूल्य विचलन भएमा सो को कारण समेत सार्वजनिक गर्ने बताएको छ ।
कम्पनीको गत आसार २७ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशन गर्ने निर्णय गरेको थियो । कम्पनीले सेयर निष्काशत तथा बिक्री प्रबन्धकको जिम्मा एनएमबी क्यापिटल लिमिटेड तथा लक्ष्मी क्यापिटल लिमिटेडलाई दिएको छ । 
एफपिओ निष्काशन गरेर संकलन भएको रकम कम्पनीले निर्माणाधीन आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले ३० मेगवाटको न्यादी जलविद्युत आयोजना र ३७ दशमलव छ मेगावाटको काबेली ए जलविद्युत आयोजना निर्माण सुरु गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: