कुमारी बैंकको हकप्रद सेयर खुल्यो, ३५ दिन भित्र सेयर भर्न पाइने
Powered by Blogger.
कुमारी बैंकको हकप्रद सेयर खुल्यो, ३५ दिन भित्र सेयर भर्न पाइने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौँ - कुमारी बैंकले आइतबारदेखि हकप्रद निस्कासन गरेको छ । बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निस्कासन गरेको हो ।

बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निस्कासन गरेको छ । कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आबेदन दिन सकिने बिक्रि प्रबन्धक सिदार्थ क्यापिटलले जनाएको छ ।

बैंकको हाल पूँजी दुई अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म २७ करोड २९ लाख  रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।


Published Date : Sunday, March 19, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...