×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्दोलनलाई निर्वाचनसँग जोड्नुस् : नेता नेम्वाङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

आन्दोलनलाई निर्वाचनसँग जोड्नुस् : नेता नेम्वाङ

  • अर्थ सरोकार सम्वाददाता  

काठमाडौं  – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मधेसी मोर्चालाई आफ्नो आन्दोलनलाई निर्वाचनसँग जोड्न आग्रह गरेका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोल्दै उनले आन्दोलनलाई निर्वाचनसाग जोडेर आफूले गलत भनेका दललाई ठेगान लगाउन सुझाव दिए । अब तपाईहरुले निर्णय गर्ने बेला आयो, आफ्नो आन्दोलनलाई निर्वाचनसँग जोड्नुस् उनले भने तपाईहरुले गलत भनेका दलहरुलाई निर्वाचन र जनता मार्फत ठेगान लगाउनुस् ।
अहिले एमालेलाई जिद्दी र दम्भी भनिएको भन्दै नेता नेम्वाङले यो विषय जनतालाई नै छिनोफानो गर्न दिनुपर्ने बताए । अब हामी जनतामा जाऔं, सिष्टम नहारोस्, संविधान नहारोस् जनता नहारोस्, एमाले हार्न तयार छ उनले भने हामी गलत रहेछौं भने जनताले हामीलाई हराउँछ । तर देश र जनताले सँधै जित्नुपर्छ । 
वैशाख ३१ गते घोषणा गरिएको निर्वाचन सफल पार्न सबै दल एकजुट हुनुपर्ने भन्दै नेता नेम्वाङले देशभित्रका दलहरु एकजुट नहुँदा छिमेकीले टाउको उठाउने बताए । हामीसँग २०७४ माघ ७ भित्र चुनाव गर्नुको विकल्प छैन । कसैले यसको विरोध गर्नुहुन्छ भन्ने लाग्दैन । मधेसी मोर्चाले विरोध गर्नुभएको छ । उहाँहरुको विरोध गर्न पाउने अधिकारलाई म र मेरो पार्टीले सम्मान गर्छ । तर जनतालाई अधिकार दिने विषयमा उहाँहरुङ्को मत भिन्नता हुन्छ भन्ने मलाइ लाग्दैनु नेम्वाङले भने । 
स्थानीय तहले अधिकार र विकास घर घरमा पुर्‍याएको भन्दै नेम्वाङले जनतालाई अधिकार दिने विषयमा मधेसी मोर्चाले मतभिन्नता राख्न नमिलेन् बताए । संविधान संशोधन विधेयकको फेरि चर्चा हुन थालेको भन्दै नेम्वाङले यसलाई यथावत राखेर नै चुनावमा जानु वुद्धिमानी हुने बताए । सत्ता पक्षले नै पारित हुन नसक्ने भनेको विधेयकको फेरि चर्चा परिचर्चा हुन थालेको छ । यो फेल गरौं भने प्रिय मित्रहरु बाहिर जान्छु भनेका छन्, यथावत राखेर जनताबीच जाऔं यो नै बुद्धिमानी हुनेछु उनले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: