×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

EXCLUSIVE : प्रअको मिलेमतोमा शुक्रबार हुने परीक्षाको प्रश्नपत्र बिहिबार नै ‘आउट’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ११ चैत्र २०७३, शुक्रबार

PRIME CA
laxmi sunrise bank

EXCLUSIVE : प्रअको मिलेमतोमा शुक्रबार हुने परीक्षाको प्रश्नपत्र बिहिबार नै ‘आउट’ !

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – कैलालीमा अाज शुक्रबार हुन गइरहेकाे स्राेत केन्द्रस्तरीय अन्तर्गत कक्षा ६ काे प्रश्नपत्र बिहीबार हिजाे नै बाहिरिएकाे छ । स्राेत केन्द्रस्तरीय बार्षिक परक्षा २०७३, अन्तर्गत कम्प्युटर विषयकाे प्रश्न पत्र बिहिबार अाउट भएकाे हाे । उक्त विषयकाे परक्षा अाज अर्थात ११ गते शुक्रबार मात्रै हुने परिक्षा तालिकामा थियाे । कैलालीको मसुरिया ४ (हाल गौरीगंगा नगर पालिका ) ८ स्थित लिक्मा स्रोत केन्द्रका प्रधानाध्यापक जंग बहादुर देउवाकाे मिलेमताेमा नै प्रश्नपत्र अाउट गरिएकाे स्राेतकाे भनार्इ छ ।
‘ जंग बहादुर अाफुले जे गरे पनि हुन्छ भन्ने दम्भ भएका व्यक्ति हुन, उनले ६ कक्षाकाे मात्र हैन, ९ कक्षाकाे प्रश्नपत्र पनि अाउट गराएका छन् ।’ अाफ्नाे नाम नबताउने सर्तमा एक जना विद्यार्थीले भने ‘जंग सरले यस प्रकारकाे गतिबिधी त गर्दै अाउनु भएकाे छ ।’ 

उनले कक्षा ६ काे मात्रै नभएर कक्षा नाै काे प्रश्नपत्र अाउट भएकाे समेत खुलासा गरेका छन् । लिक्मा स्रोत केन्द्र अन्तर्गत अहिले करिब ३५ विद्यालय रहेका छन् । सबै विद्यालयकाे बाेर्ड परिक्षाका लागि तयार भएका प्रश्नपत्रहरू लिक्मा स्राेत केन्द्रबाटै वितरण हुने गर्दछन् । ‘लिक्मा स्रोत केन्द्रभरिका लागि अावश्यक प्रश्नपत्र विद्यालयरूलार्इ वितरण गरिसकेपछि बाँकी रहेकाे प्रश्नपत्रहरू स्राेत केन्द्रमै रहन्छन भने त्यसकाे जिम्मेवारी स्रोत केन्द्रका प्रअ जंग बहादुर देउवाकाे नै हुन्छ । त्यसैले उनकाे अनुमति या मिलेमताेबिना प्रश्नपत्र अाउट हुने कुनै सम्भावना नै छैन ।’ स्राेतले अर्थ सरोकार डटकम सँग भन्यो ‘नियतबस नै अाउट गरिएकाे हाे ।’ 
स्राेतका अनुसार जंग बहादुर देउवा नेपाली काँग्रेसनिकट निजमति कर्मचरी युनियनका (संघ) कैलाली जिल्ला सह सचिव समेत हुन । उनले यसअघि पनि मनपरि ढंगले स्राेतकेन्द्रमा काम गर्दै अाएकाे त्यहाँका सिक्षकहरूकाे गुनासाे छ । ‘उसाे त जंग बहादुर गाँउमा राम्राे छवि भएका मान्छे पनि हैनन, जाँडरक्सी खाएर हाे हल्ला र गालीगलाैज गरेर गाँउमा तमासा गर्ने जथाभावी बाेल्ने गरेकाे अाराेपमा उनि बेला बेलामा प्रहरी थानामा पुगिरहन्छन् ।’ स्राेतले भन्याे । यस विषयमा बुझ्न जंग बहादुर देउवालार्इ सम्पर्क गर्न खाेज्दा उनकाे माेवाइल नम्बर अफ छ भने जिल्ला सिक्षा कार्यालय कैलाली पनि यस विषयमा अझै बेखबर छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: