×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिभिजनमा हँसाउने यी कलाकारमध्ये कसको खाता कुन बैंकमा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ चैत्र २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

टेलिभिजनमा हँसाउने यी कलाकारमध्ये कसको खाता कुन बैंकमा ?

काठमाडौँ – कलाकार भन्नेवित्तिक्कै आम मानिसको चासो हुन्छ । सेलीब्रेटी भएपछी उनीहरुका हरेक कुरामा चासो हुनु स्वाभाविक पनि हो । त्यसमाथि हास्यकलाकारहरुको क्रेज अहिले नेपाल र विदेशमा बढी छ । यी कलाकारहरुको कमाइ पनि राम्रै हुने गरेको छ । टेलिभिजनमा खुब हसाउने विभिन्न हास्य कलाकारहरुले कुन बैंकमा खाता खोलेका होलान त ? खासै नखोजिएको तर रमाइलो विषय हुन सक्छ यो । आज हामी कुन नेपाली हास्य कलाकारले कुन बैंकबाट कारोबार गर्छन् भन्ने तथ्य प्रस्तुत गर्ने जमर्को गरेका छौं । 

दीपक राज गिरीको तीन बैंकमा खाता, राष्ट्रिय वाणिज्य बैंकको खाता बढी प्रयोग !
नेपाल टेलिभिजनबाट प्रशारण हुने र हाल बन्द भएको हास्य टेलि सृंखला तीतोसत्यका निर्माता तथा निर्देशक दीपक राज गिरीले कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकमा खाता खोलेका छन् । यद्यपी उनले राष्ट्रिय वाणिज्य बैंकको खाता बढी प्रयोग गर्छन् । उनलाई यो बैंक बढी पायक पर्ने भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकको खाता बढी प्रयोग गर्छन् । उनले यहि बैंकको एटिएम बोक्ने गरेका छन् । तीतो सत्यका अन्य कलाकारहरुको खाता पनि यिनै तीन बैंकमा छन् । तीतो सत्यकि कलाकार दीपा श्री निरौलाको पनि यी तीन बैंकमा खाता छन् । 
मेरी बास्सैका कलाकारको कसको कहाँ खाता ?
मेरी बास्सैका निर्देशक समेत रहेका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले कृषि बिकास बैंकमा खाता खोलेका छन् । यता उनकी धर्मपत्नीसमेत रहेकी कुन्जना घिमिरे अर्थात सुन्तलीले पनि कृषि बिकास बैंकमै खाता खोलेकी छिन् । मेरी बास्सैबाट चर्चामा आएका केदार घिमिरे (माग्ने बुढा) ले प्रभु बैंकमा खाता खोलेका छन् । माग्ने बुढाका सालाका रुपमा चर्चित सुरज चापागाईं (बान्द्रे) ले नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेका छन् । तक्मे बुढो अर्था वेल्सन विक्रम राइले इन्भेष्टमेन्ट बैंकमा खाता खोलेका छन् भने मेरी बास्सैकै अर्का पात्र मरिचमान सिंह अर्थात बल्छी धुर्बेले प्रभुबैंकबाट कारोबार गर्ने गरेका छन् ।

यस्तो छ भद्रगोलका कलाकारहरुको रोजाईका बैंक  !
यता भद्रगोलबाट निकै चर्चामा आएका पात्र अर्जुन घिमिरे (पांडे) ले बैंक अफ काठमाडौँ लुम्बीनीमा खाता खोलेका छन् । उनले बैंक अफ काठमाडौँ लुम्बीनीकै एटिएम प्रयोग गर्छन् । यता भद्रगोलकी रक्षालाई तनाव दिएर दर्शकको मन जितेका भद्रगोलका अर्का पात्र कुमार कट्टेल (जिग्री) ले नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेका छन् । सोहि उक्त टेलिसृंखलाका पात्र सागर लम्साल (बले) ले पनि नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता खोलेका छन् ।

जिरे खुर्सानीका कलाकारहरुको यस्तो रोजाई: 
जिरे खुर्सानीबाट बढी उदाएका हास्य कलाकार जीतु नेपालले स्ट्याण्डर्ड चार्टड बैंकबाट कारोबार गर्ने गरेका छन् । विदेशमा पनि चल्ने भएकाले उनको रोजाई स्ट्याण्डर्ड चार्टड भएको उनको भनाइ छ । यता किरण केसी (राता मकै)लाई सरकारी बैंकनै मनपर्छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट कारोबार गर्ने गरेका छन् भने सोहि बैंकको एटिएम प्रयोग गर्ने गरेका छन् । यता हास्य कलाकार वहरी पौडेलले प्रभु बैंकबाट कारोबार गर्दै आएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: