फर्स्ट माइक्रोफाइनान्सको हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिने
Powered by Blogger.
फर्स्ट माइक्रोफाइनान्सको हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - वैशाख २८ देखि फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले २ः१ अनुपातमा १०० रुपैयाँ दरको १३ लाख २२ हजार ५०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको  हकप्रद सेयर जेठ ३१ गतेसम्म मात्र भर्न पाइन्छ ।

यो हकप्रद सेयरमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रद सेयरका लागि फर्स्टको काठमाडौंको ज्ञानेश्वर, मोरङको उर्लाबारी र चितवनको भरतपुर शाखाबाट आवेदन दिन पाइनेछ । यसैगरी, ग्लोबल आइएमई क्यापिटल लिमिटेड नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगन्जको आदर्शनगर, इटहरीको फुलबारी बजारबाट पनि आवेदन दिन सकिनेछ । यस्तै, जनकपुरको भानुचोक, कैलालीको धनगढी, पोखराको पृथ्वीचोक, नेपालगंजको त्रिभुवनचोक र बुटवलको बिपीचोकबाट शाखाबाट पनि आवेदन फारम लिन र बुझाउन सकिनेछ । 


Published Date : Sunday, April 23, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...