सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार सुरु, ५७ लाख कित्ता शेयर सुचिकृत

सफल मर्जर प्रक्रियापछि गोर्खाज फाइनान्सको कारोबार आइतबारबाट नेप्सेमा सेयर कारोबार खुलेको छ । काठमाडौ फाइनान्स र गोर्खा विकास बैंक गाभिएर गोर्खाज फाइनान्स बनेको हो ।  फाइनान्सको कारोबार 'GUFL' सिम्बलबाट सुरु भएको हो ।

आज नै फाइनान्सको ५७ लाख ८६ हजार ६२५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । फाइनान्सको चुक्ता पुंजी ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी रहेको छ ।  ५० प्रतिशत हकप्रद निष्काशनको तयारीमा रहेको फाइनान्सको हकप्रद निष्काशनपछि चुक्ता पुंजी ८५ करोड नाघ्नेछ ।
प्रकाशित : Sunday, April 02, 2017

recent

Popular Posts