×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर लिलामी किन्ने आज अन्तिम दिन

PRIME CA

काष्ठमण्डप डेभलपमेन्ट बैंकको सेयर लिलामी किन्ने आज अन्तिम दिन

अर्थ सरोकार

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – काष्ठमण्डपको सर्वसाधारण समूहको एक लाख सात हजार ६०१.२० कित्ता सेयर लिलामीमा किन्ने सोमबार अन्तिम दिन हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा आवेदन दिनुपर्नेछ । काष्ठमण्डपले यसअघि हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गरेको हो । बैंकले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म १६ लाख ९९ हजार ७४१.७० कित्ता हकप्रद सेयरको बिक्री खुला गरेको थियो ।

आवेदकले बिक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ कमलपोखरीमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । बोलपत्र चैत ३० गते एनसिएम मर्चेन्ट बैंकिङको कार्यालयमा खोलिनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा काष्ठमण्डपले १० करोड १७ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने यसको चुक्ता पुँजी ६७ करोड ९८ लाख ९७ हजार रुपैयाँ छ । काष्ठमण्डपको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९२ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ३७ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: