चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइदैं, जोखिममा काम गर्ने कर्मचारीको सुरक्षा पहिलो सर्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - चैत २५ मा विद्युत सुरक्षा दिवस मनाइने भएको छ । नेपाल विद्युत प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले संयुक्तरुपमा  सुरक्षा दिवस मनाउन लागेका हुन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) का अध्यक्ष लालुराम तामाङले अब समग्र बिद्युतीय प्रणालीको सुरक्षाको बारेमा सोच्ने बेला आएको बताए । 

मंगलबार सम्पन्न कार्यक्रममा उनले सीन स्थापना भएको २० बर्ष भइसक्दापनि विद्युतमा काम गर्ने कर्मचारीको सुरक्षाका बारेमा गम्भीर .हुन नसकिएको जानकारी दिए । विद्युतको कार्य गर्ने क्रममा कोही सुरुङ बनाउँदा मर्नु परेको र कोही बिजुलीको तार बनाउँदा पोलबाट खसेर अंगभंग समेत हुने जोखिम लिएर कार्यरत रहेका कर्मचारीको सुरक्षाका बारेमा सबै पक्षले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

यता विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ शून्यको अवस्थामा पुर्याउन बिद्युतमा काम गर्ने कर्मचारीको योगदान सबैभन्दा बढी महत्वपूर्ण रहेकाले उनीहरुको सुरक्षाका बारेमा प्राधिकरण गम्भीर भएको बताए । 
प्रकाशित : Thursday, April 06, 2017
Loading...

recent

Popular Posts