सूर्या लाइफको सेयर किन्ने आज अन्तिम दिन
Powered by Blogger.
सूर्या लाइफको सेयर किन्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - सूर्या लाइफ इन्सुरेन्सको ५% बोनस सेयर सुरक्षित गर्न सेयर किन्ने आइतबार अन्तिम दिन हो । सूर्या लाइफले बैशाख १४ गते साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गर्दैछ । साधारण सभामा हाल कायम चुक्ता पुँजी ६२ करोड ५० लाख रुपैयाँको ५% बोनस सेयर दिने प्रस्ताव छ । बुक क्लोज मितिभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा सूर्या लाइफको सेयर आइतबार नै किनिसक्नुपर्नेछ । हाल कायम सेयरधनी भने स्वतः बोनसको हकदार हुनेछन् ।

सूर्याको साधारण सभा उद्योग संगठन मोरङको सभाकक्ष, तीनपैनी विराटनगरमा बिहान ११ बजे सुरु भएको छ । चालु आर्थिक वर्षको दास्रो त्रैमासको रिपोर्ट अनुसार सूर्याको चुक्त पुँजी ५० करोड रुपैयाँ छ । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनी एक करोड ७८ लाख ६४ हजार रुपैयाँ नोक्सानमा छ । सूर्याको प्रतिसेयर आम्दानी वार्षिक ७ रुपैयाँ १५ पैसा ऋणत्मक छ ।


प्रकाशित मिति : Sunday, April 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...