×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरका नाममा एस डेभलपमेन्ट बैंकमा व्यापक घोटाला ! पाटन अदालतमा पर्यो यस्तो उजुरी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

मर्जरका नाममा एस डेभलपमेन्ट बैंकमा व्यापक घोटाला ! पाटन अदालतमा पर्यो यस्तो उजुरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एस डेभलपमेन्ट बैंकमा चरम घोटाला भएको पाइएको छ । उक्त बैंकमा मर्जरका नाममा बैंकका विभिन्न व्यक्तिहरुको मिलेमतोमा चरम घोटाला भएको तथ्य सार्वजनिक भएको हो । बैंकभित्रको घोटालाका कारण एकातर्फ सेयरहोल्डरहरु रुष्ट बनेका छन् भने अर्कोतर्फ बैंकले आफ्नो अस्तित्वनै समाप्त पार्न खोजेको सेयरहोल्डरहरुको आरोप छ ।
‘नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर गर्ने बहानामा आफ्ना सेयरहोल्डरहरुलाई मर्का पर्ने हिसावको काम भएको छ ।’ एक सेयर होल्डरले अर्थ सरोकार डटकमसंग भने, ‘ नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर आफ्नो ४१ कित्ता हुने गरी एस डेभलेपमेन्ट बैंकको मर्जर प्रक्रिया अगाडी बढेको छ ।’ उनले भने ।
यसै क्रममा उक्त निर्णय गलत भएको र अन्तरिम आदेश वा सो कज जारी गर्न भन्दै बैंकका एक सदस्यले पाटन अदालतसमक्ष उजुरी दिएका छन् । उनले चैत २४ गते बिहिबार अदालतसमक्ष दर्ता नम्बर ७६३ मार्फत उजुरी दर्ता गराएको बुझिएको छ । यता मर्जरको विषयमा चैत २५ गते छुुट्टाछुुट्टै रुपमा दुुबै बैंकले बिशेष साधारणसभा गरी प्रस्ताव पारित गरिसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: