×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महानिर्देशक बनाउन देउवाका सालाको मोलमलाई !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ बैशाख २०७४, बुधबार

PRIME CA
laxmi sunrise bank

महानिर्देशक बनाउन देउवाका सालाको मोलमलाई !

काठमाडौँ – सडक विभागको महानिर्देशक खाली हुने भएपछि अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको साला भूषण राणाले चलखेल सुरु गरेका छन् । वरिष्ठलाई लत्याएर अहिले सडक विभागकै उपमहानिर्देशकद्वय रवीन्द्रनाथ श्रेष्ठ र सरोजकुमार प्रधानलाई महानिर्देशक बनाउँछु भन्दै राणाले मोलमलाई सुरु गरेको बुझिएको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा वैशाख ९ गते अवकालश भएपछि खाली रहेको सचिवमा सडक विभागका महानिर्देशक देवेन्द्र कार्की वरिष्ठताका आधारमा स्वतः बढुवा हुन लागेछन् । उनी बढुवा भएपछि खाली हुने सडकको महानिर्देशकका लागि देउवाले नांगो तरिकाले चलखेल सुरु गरेको बताइन्छ । 
भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखक भए पनि उक्त मन्त्रालय आरजु राणाले चलाउने गरेको बताइन्छ । उनै आरजुको आडमा राणाले महानिर्देशक बनाइदिनु भन्दै उपमहानिर्देशक श्रेष्ठ र प्रधानसँग मोलमलाई सुरु गरेको बुझिएको छ । – बुधबार साप्ताहिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: