×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसीमा लफडा ३ : आफुहरु ठगीएको भन्दै लिखित उजुरी परेपछि यस्तो ‘बबाल’ !

PRIME CA

एनसीसीमा लफडा ३ : आफुहरु ठगीएको भन्दै लिखित उजुरी परेपछि यस्तो ‘बबाल’ !

अर्थ सरोकार

प्रकाशित मिति : १५ बैशाख २०७४, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कहिले विशेष साधारण सभा सम्बन्धि लफडा त कहिले खराव कर्जा संबन्धि लफडा । लफडा नै लफडा भएको एनसीसी बैंकमा आफुहरु ठगिएको भन्दै विभिन्न ग्राहकहरुले लिखित उजुरीनै दिएपछि थप ‘लफडा’ परेको छ । तत्कालीन समयमा एपेक्स डेभलोपमेन्ट बैंकबाट आफु ठगीएको भन्दै उक्त बैंक मर्ज भएको एनसीसीमा आफुहरुलाई पिडीत बताउने ग्राहकहरुले उजुरी दिएका हुन् । एपेक्स डेभलोपमेन्ट बैंकले गरिरहेको ठगी धन्दाभन्दै मर्जपूर्व नै अर्थ सरोकार डटकमले उक्त बैंकभित्र भएका विभिन्नखाले घोटाला सम्बन्धि समाचारहरु ‘ब्रेक’ गरेको थियो ।

यस्तो छ उजुरीपत्र :
पीडितहरुले आफुहरु ठगीएको भन्दै एनसीसी बैंकका प्रमुुख कार्यकारी अधिकृत रमेशराज अर्याललाई पत्राचार गरेको खुलासा भएको छ  । पीडितहरुले एपेक्स बैंकपीडित संघर्ष समितिनै गठन गरेर कारबाहीको माग गर्दै यही चैत १३ गते एनसीसीका प्रमुुख कार्यकारी अर्याललाई पत्राचार गरेका थिए । हेर्नुहोस् पत्र : 

के भनिएको छ पत्रमा ?
‘तत्कालीन एपेक्सले सीधा जनतालाई विभिन्न प्रलोभन देखाई खाता खोल्ने निहुँमा ऋणको कागजातमा दस्तखत गराएको रहेछ, हाल विभिन्न पत्रपत्रिकाबाट उक्त सूचना प्रकाशित हुुँदा हामीले सत्यतथ्य जानकारी पायौंं । उक्त कार्यमा बैंकका कर्मचारी, बैंक सञ्चालक तथा बंैक ठगी गर्ने गिरोहको संलग्नता रहेको छ भनी थाहा पाइयो । त्यसकारण उक्त ठगीको विरोधमा हाम्रो भेलाले विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।’ पत्रमा भनिएको छ । 
पिडीतहरुले दिएको जानकारी अनुसार उनीहरुले दोषीमाथि कारबाहीको माग गर्दे पहिलो चरणमा नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क कानुुनी सेवाका लागि सम्बन्धित ठाउँमा निवेदन दर्ता गराएको छ । यसैगरी पीडितहरुले यही चैत १४ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमा अभियुुक्तहरुको फोटोसहित किटानी जाहेरीको निवेदन पेस गरेका छन् । यसैगरी पीडितहरुले न्यायको लागि विभिन्न राजनीतिक दल, सञ्चारमाध्यमहरुमा जानकारी गराउने, निष्पक्ष छानबिनका लागि अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्नेलगायतका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
को को छन् त एपेक्सपीडित संघर्ष समितिमा (हेर्नुहोस् नामावली)

१ पुनम लिम्बु (राई) २ रेनु विश्वकर्मा 
३ मिना श्रेष्ठ ४ रुथ राई 
५ श्रद्धा श्रेष्ठ ६ प्रशना राई 
७ सुनिता लिम्बु ८ साधना लिम्बु 
९ मधु राई १० अनिथा थापामगर 
११ केमन खड्गी १२ उत्तमकुमार बजिमय
१३ कुमारी माया तामाङ १४ अरुण विश्वकर्मा
१५ देव शर्मा लिम्बु १६ आशिष विश्वकर्मा 
१७ मनिशा राई १८ लक्ष्मी सुब्बा लिम्बु
१९ कल्पना राई २० मुना थापामगर
२१ रञ्जु थापामगर २२ विशाल राई 
२३ दिनेशकुमार पन्थी २४ राजकुमार ढकाल 
२५ रामबहादुर थापामगर २६ सन्तकुमार प्रधान
२७ शंकर गिरी २८ रञ्जुकुमार थापा 
२९ ध्रुव राज खड्का ३० सीता राई 
३१ शंकर गुशवामी ३२ पृथ्वीराज राई
३३ सुनिता याख्वा ३४ कुलमान राई 
३५ कर्णबहादुर मगर ३६ मनिकदास राई
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: