×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘जब-जब एनसेलको विरोध हुन थाल्छ, नेपाल टेलिकममा अनेकौं समस्या देखाएर करोडौं कुम्ल्याईन्छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ चैत्र २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

‘जब-जब एनसेलको विरोध हुन थाल्छ, नेपाल टेलिकममा अनेकौं समस्या देखाएर करोडौं कुम्ल्याईन्छ’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकममा फोन लाग्ने समस्या अलि बढीनै भएको जस्तो लागेको छ ? अथवा याद गर्नुभएको आजकल नेपाल टेलिकमको सिममा अलि बढी नै समस्या देखिएको छ । राम्रोसँग नेट नचल्ने, फोनमा कुरा गर्दा समस्या आउने, फोन नलाग्ने, आफैं फोन काटिने आदी । तर यो समस्या नेटवर्क वा टावरमा देखिएको भएपनि नीतिगत भ्रष्टाचार भएको खुल्दै आएको छ । नेपाल टेलिकमकै एक इन्जिनियरले यो प्रकरण लिएर जनतासमक्ष आउने प्रयास गरेपछि टेलिकमभित्रको यस्तो रहस्य खुलेको हो । 
भण्डाफोर अभियानमा टेलिकमकै इन्जिनियर !
अझ तपाईंले राम्रोसँग याद गर्नुभएको भए यो तथ्य थाहा पाउनुहुन्थ्यो, जव जव लाभकर छलेको भन्दै एनसेलको विरोध हुन थाल्छ, सडकहरुमा सिम जलाउन थालिन्छ, तव-तव नेपाल टेलिकममा समेत समस्या देखिन थाल्छ । ‘यो के भएको होला ?’ हामी सबैको मनमा उठेको प्रश्न हो यो । तर नेपाल टेलिकमकै एक इन्जिनियर एनसेलसँगको मिलेमतोमा टेलिकमले सेवा विगारेर करोडौं कुम्ल्याएको भन्दै टेलिकमकि प्रवन्ध निर्देशक कामिनीराज भण्डारी, लगायतका केहि उच्च तहका कर्मचारी विरुद्ध ‘भण्डाफोर अभियान’ मा लागेका छन् । केहि समयका लागि आफ्नो नाम नबताउने तर आवश्यक परे पत्रकार सम्मेलन गरेरै सबैलाई टेलिकमभित्र हुने गरेको गलत धन्दा छताछुल्ल बनाउने प्लान बोकेका उनी टेलिकमकि प्रबन्ध निर्देशक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति सुद्धिकरण आयोग लगायतका निकाय गुहार्दैछन् ।
उनी भन्छन् ‘केहि महिना अगाडी शनिबारको दिन बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन सकेन । टेलिकमले एक बिज्ञप्ति जारी गर्दै प्राविधिक त्रुटीका कारण यस्तो भएको जानकारी दियो । टेलिकमले पुन : आइतबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै शनिवारदेखि कम्पनीको एनटी रिचार्ज सिस्टम अपग्रेड गर्ने क्रममा एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code# र1412 IVR मार्फत) मा प्राविधिक समस्या उत्पन्न भएको बताउँदै उक्त समस्या समाधान भइसकेको भनी जानकारी दियो । तर धेरैले याद नगरेको कुराचाहिं त्यतिबेला लाभकरको विवाद उत्कर्षमा थियो । टेलिकमको नेटवर्कमा समस्या देखाएर जसरी पनि एनसेल ‘ठिक’ भन्ने बनाउनु थियो । र केहि हदसम्म उनीहरु सफल भएपनि ।’
एनसेलसँग करोडौं रुपैयाँ लिएर गरिन्छ यस्तो बदमासी !
उनका अनुसार यो विषयले नेपाल टेलिकमभित्रै पनि ठुलै हंगामा मच्चाएको थियो । समिति व्यक्तिलाई मात्र थाहा हुने यो कुरा एनसेलबाट करोडौं कुम्ल्याएर गरिएको थियो । उनी अगाडी भन्छन्, ‘सिष्टम अपग्रेड गर्दा समस्या नआएको र नेपाल टेलिकमको सेवा कमजोर देखाएर ‘अरु नै माष्टर प्लान’ भइरहेको थियो ।’ उनी अगाडी प्रश्न गर्दै भन्छन् ‘सामान्यतया सिष्टम अपग्रेडमा समस्या आउने भए त्यसको जानकारी सम्बन्धित अधिकारीहरुलाई हुन्छ । त्यो जानकारी किन आम जनतालाई दिइएन ? नेपाल टेलिकममा एक से एक इन्जिनियरहरु पनि छन् । सिष्टम अपग्रेड हुँदा आउन सक्ने समस्याहरुमा उनीहरु जानकार हुन्छन् । तर टेलिकममा सामान्य रुपमा बुझिन सक्ने यो तथ्यलाई पनि बंगाउने प्रयास गरिएको छ । यसअघि पनि नेपाल टेलिकमले पनि यस्तो पूर्व जानकारी दिएको थियो ।’
उनका अनुसार एनसेलको लाभकर प्रकरण फेरी बल्झिएपछी पुन नेपाल टेलिकमको सेवाको गुणस्तर घटाउने काम भएको छ । ‘यहाँ नजानिँदो पाराले करोडौंको ‘डिल’ भएको छ । टेलिकमका अधिकांस ठुला कर्मचारी एनसेलले किनेको छ ।’ उनले दावी गर्दै भने । यसो त नेपाल टेलिकममा केहि महिना अघि समस्या आउँदा पनि नेपाल टेलिकमभित्रकै केहि कर्मचारीले यसलाई नीतिगत भ्रस्टाचार भनेका थिए । अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले त्यतिबेला नै पनि ‘अचम्म छ, टेलिकमले सिष्टम अपग्रेड हुँदा समस्या आयो भनिदियो, जनताले पत्याईदिए । टेलिकमकै नुन खाने मिडियाहरुले यसको कुरा उठाएनन् । तर यो नीतिगत भ्रष्टाचार हो ।सिष्टममा समस्या देखिन सक्ने पूर्व जानकारी टेलिकमका इन्जिनियरहरुलाइ राम्रोसँग हुन्छ । यसअघि पनि टेलिकमले नै यस्तो जानकारी आम नागरिकसमक्ष राखेको थियो । यसपाली भित्र भित्रै पाकेको ‘खिचडी’ बेग्लै छ । टेलिकमलाइ ध्वस्त बनाएर संस्थालाई निजीकरण गराउने प्रयास गरिएको छ ।’ भनेका थिए । 

तेर्सिएको एउटा प्रश्न : समस्याको प्राविधिक कारण किन बुझाइएन ?
टेलिकमको भ्रष्टाचार विरुद्ध जनतासमक्ष आफु आउन लागेको बताउने टेलिकमकै इन्जिनियरले भने, ‘टेलिकमले बिज्ञप्ति निकालेर भनेको छ, ‘एनटी रिचार्ज कार्डमार्फत हुने रिचार्ज (*412*Pin Code# र1412 IVR मार्फत)माा प्राविधिक समस्या उत्पन्न भएका कारण रिचार्ज हुन सकेन ।’ तर त्यसको खास प्राविधिक कारण किन जनतासामु ल्याइएन भन्ने अर्को प्रश्न छ । ‘ पूरै दिन सेवा अवरुद्ध हुँदा नेपाल टेलिकमले किन जनतालाई स्पष्ट जवाफ दिन सकेन ? प्राविधिक कारण के हो ? प्राविधिक समस्या के हो ? प्रवाधिक भाषामा समस्या यस्तो भएको हो भनेर किन भन्न सक्दैन टेलिकम ? प्राविधिक समस्या आउन सक्ने जनाकारी थिएन त्यहाँका इन्जिनियरहरुलाई ? थियो भने किन जनाकारी गराइएन ? थिएन भने किन विना रिसर्च त्यसरी सिष्टम अपग्रेड गरियो । यस्तो समस्या हुन सक्छ है भनेर किन जनतालाई खबर गरिएन त ? यो सब नाटक हो। एनसेललाई राम्रो बनाउने, टेलिकमलाई ध्वस्त बनाउने खेल हो । फेरी पनि लाभकरको विषय आयो भने नेपाल टेलिकममा पुन: समस्या देखिन्छ ।’
एक दिनमै करोडौं रुपैयाँको घाटा ! टेलिकमपनि खोज्दैछ, ‘कुलमान’ !
दैनिक हुने रिचार्जको औसतमा १ सयको रिचार्जलाई आधार मान्दा पनि २ दिनको अवधिधमा १४ करोड रुपैयाँबराबरको रिचार्ज हुन नपाएको टेलिकम आफैंले जनाएको छ । टेलिकमका सहप्रवक्ता डिल्लीप्रसाद अधिकारीका अनुसार रिचार्ज कार्डमार्फत दैनिक औसत ७ लाखपटक रिचार्ज हुने गरेको छ । टेलिकमका ग्राहकले प्रतिव्यक्ति प्रतिमहिना औसतमा २ सय ५० रुपैयाँसम्म खर्च गर्ने गरेका छन् । ‘यसरी टेलिकममा समस्या देखाएर संस्थाको करोडौं रुपैयाँ घाटा बनाएर एनसेलसँग पैसा लिने काम भएको छ । जनताले यो कुरा सहजै विश्वास गर्न सक्दैनन् । यसअघि विद्युत प्राधिकरणका कर्मचारीले पनि इन्भर्टर व्यवसायीहरुसंग पैसा लिएर लोडसेडीङ गराईरहेको भन्ने समाचार आएको थियो । त्यो कुरा सहजै कसैले विश्वास नगरेपनि कुलमानले त्यसलाई प्रमाणित गरिदिए । नेपाल टेलिकममा समेत एउटा कुलमान चाहिएको छ ।’ उनले भने । 
के भन्छ नेपाल टेलिकम ?
नेपाल टेलिकमले केहि महिनाअघि देखिएको यो समस्या प्राविधिक समस्यानै भएको बताएको थियो । एक बिज्ञप्ति जारी गर्दै समस्याका कारण केहि कोडहरुबाट रिचार्ज हुन नसकी ग्राहक बर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको थियो । ‘यो समयमा ग्राहक वर्गले देखाउनु भएको धैर्यता र कम्पनीप्रति देखाउनु भएको सद्भाव प्रति आभार व्यक्त गर्दछौं ।’-विज्ञप्तिमा भनिएको थियो । तर यसरी एनसेलसँग पैसा खाएको भन्ने बारे टेलिकमका सबै चुप छन् । नेपाल टेलिकममा हुने विभिन्न खाले भ्रष्टाचारको समाचार अर्थ सरोकार डटकमले ब्रेक गरेपछि संस्थाकि प्रबन्ध निर्देशक कामीनीराज भण्डारीले अर्थ सरोकारका पत्रकारलाइ कुनै पनि प्रतिक्रिया नदिन निर्देशन दिइसकेको टेलिकम स्रोतकै दावी छ । यता टेलिकममा हुने भ्रष्टाचारका बारे निरन्तर समाचार आउन थालेपछि कार्यालय समयमै पनि टेलिकमकि प्रवक्ता प्रतिमा वैद्यको फोन उठ्न छाडेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: