×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले: एक घर एक रोजगार, माओवादी: एक घर एक छापामार, कांग्रेस एक घर एक भ्रष्टाचार’ : योगेश भट्टराई

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ चैत्र २०७३, सोमबार

PRIME CA
laxmi sunrise bank

एमाले: एक घर एक रोजगार, माओवादी: एक घर एक छापामार, कांग्रेस एक घर एक भ्रष्टाचार’ : योगेश भट्टराई

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – स्थानीय तहको चुनावमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (एमाले) सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले चुनावका लागि तयार हुन प्रेस चौतारी नेपाल निकटका पत्रकारहरुलाई निर्देशन दिएका छन् । प्रेस चौतारी नेपाल अन्तर्गतका विभिन्न प्रतिष्ठानहरुले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा उनले वैशाख ३१ मै चुनाव हुने समेत दावी गरे । ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने दुई खाले प्रश्न एमालेसँग छैन,’ उनले भने, ‘एक चरणमा हुन्छ कि दुई चरणमा भन्ने पनि एमालेसँग प्रश्न छैन । चुनाव वैशाख ३१मा एकै चरणमा हुन्छ ।’
एमालेले गरेको समानान्तर भेला बारे पत्रकारले राखेको जिज्ञासालाइ सम्बोधन गर्दै उनले  भने– ‘एमालेमा महाभारतका पाँच ‘पाण्डव’ जस्ता चार व्यक्ति छन् । यहाँ अझै एकको खोजी भैरहेको छ । पाँच पाण्डव भएपछि पार्टी झन् शक्तिशाली बन्ने छ । अहिले चार पाण्डवहरु कुनै बेला झगडा गरे जसो गर्नुहुन्छ । जब द्रौपतिको चीरहरण हुन थाल्छ । अनि उहाँहरु पाँच पाण्डव जस्तो एक ठाउँ आउनुहुन्छ ।‘कहिले काँहि दाजुभाईको ठाकठुक परेपनि हस्तिनापुर जोगाउने बेलामा उनीहरु एकै ठाउ हुन्थे । एमालेमा पनि यही हो। ‘
साथै उनले सहि समयमा मिडियाको सहि सदुपयोग हुनुपर्ने भन्दै मिडियाकर्मीहरुलाई रोचक र यथार्थप्रक ढंगले समाचार प्रस्तुत गर्न समेत आग्रह गरे । ‘एमाले: एक घर एक रोजगार, माओवादी: एक घर एक छापामार, कांग्रेस एक घर एक भ्रष्टाचार’, कति मिठो कविता बन्यो, यसरी समाचार लेख्नुहोस् ।’  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: