चाँगुनारायण नगरपालिकामा एमालेका मेयर र उप मेयर बिजयी
Powered by Blogger.
चाँगुनारायण नगरपालिकामा एमालेका मेयर र उप मेयर बिजयी

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिको मेयर र उप–मेयरमा एमालेका उम्मेद्धार विजयी भएका छन् । मेयरमा सोमप्रसाद मिश्र र उप–मेयरमा बिना बास्तोला विजयी भएका छन् । अन्तिम नतिजा अनुसार एमाले उम्मेद्धारले प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्धारलाई झण्डै १८ सय मत अन्तरले बिजयी भएका छन् ।  मिश्रले ८ हजार ५१२ र उपमेयरमा एमालेकै बिना बास्तोला ८ हजार ७३९ मत ल्यार विजयी भएका छन् ।

चाँगुनारायणमा नेपाली काँग्रेसका राजाराम खड्का उम्मेद्धार बनेका थिए । उनले एमाले उम्मेद्धार मिश्रभन्दा झण्डै १८ सय मत कम ल्याएका छन् । उप–मेयरमा विना वास्तोलाले नेपाली कांग्रेसकी राधा बाँनियालाई पराजित गरेकी छिन् ।


Published Date : Tuesday, May 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...