घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ सयले घटेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपियाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ।  महासंघले बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपियाँ तोकेको छ भने चाँदी प्रति १० ग्रामको मूल्य ६ सय ४७ रुपियाँ ५ पैसा कायम गरेको छ।  
प्रकाशित : Wednesday, May 03, 2017
,

recent

Popular Posts