झलक सुवेदी भन्छन्ः लिन्न भनेको मानपदवी सरकारले जर्बजस्ती भिरायो
Powered by Blogger.
झलक सुवेदी भन्छन्ः लिन्न भनेको मानपदवी सरकारले जर्बजस्ती भिरायो

काठमाडौँ  – राजनीतिक विश्लेषक भलक सिवेदीले सरकारले आफूलाई दिएको मानपदवी लिन अश्वीकार गरेका छन् ।

गणतन्त्र दिवस ०७४ को अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको छ । जसमा जनसेवाश्री मानपदवी पाउनेहरुको सूचीमा कास्कीका झलक सुवेदीको नाम पनि छ । तर, सुवेदीले ‘आफ्नो नाम गरेकाले मापदवी पाएको सुनेको’ भन्दै प्रतिक्रिया दिएका छन्, ‘मलाई दिइएको हो भने म त्यस्तो पदक अस्वीकार गर्छु ।’

सरकारको यो कदमले आफ्नो सम्मान नभई अपमान भएको उनले बताए । राजनीतिक विश्लेषक सुवेदीले ट्वीट गर्दै भनेका छन्, ‘सामन्ती संस्कृतिको यो पराम्पराप्रति विरोध छ । यसको परम्परा, संस्कृति, छनोट मापदण्ड सबैप्रति मेरो असहमति छ । यसलाई सम्मान होइन, सार्वजनिक अपमान ठान्छु ।’ - काठमाडौँ टुडे 


Published Date : Monday, May 29, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...