कुमारी बैंकको आजदेखि सेयर लिलामी खुल्यो


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - कुमारी बैंकको ३ लाख ६६ हजार ५६२.६६ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । कुमारीले २ लाख ८० हजार ४७० कित्ता सर्वसाधारण समूहको र ८६ हजार ९२.६६ कित्ता संस्थापक समूहको सेयर आइतबारदेखि लिलामीमा बेच्न थालेकोे हो । यसमा जेठ २१ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार विन्दु मानेर त्यसपछि बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । बैंकले यसअघि हकप्रद खुला गर्दा बिक्री नभएको सेयर लिलामीमा बेच्न लागेको हो । 

बोलपत्र जेठ २२ गते दिउसो ३ बजे सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्सालमा खोलिनेछ । हाल कुमारीको चुक्ता पुँजी ३ अर्ब ३६ करोड ५९ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३७ करोड ५८ लाख ९७ हजार खुद नाफा कमाएको छ । बैंककले गत वर्ष भन्दा नाफा २ करोड ९ लाख १३ हजार रुपैयाँ बढाएको हो । कुमारी बैंक काष्ठमण्डप डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने प्रक्रियामा पनि छ । बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १ पैसा छ । 
प्रकाशित : Sunday, May 28, 2017

recent

Popular Posts