स्वरोजगार र मिर्मिरेको ५०% हकप्रदमा मूल्य समायोजन
Powered by Blogger.
स्वरोजगार र मिर्मिरेको ५०% हकप्रदमा मूल्य समायोजन

  • अर्थ सरोकार संवाददाता ।
काठमाडौं : मिर्मिरे माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्तको ५०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि बुधबार मिर्मिरेको सेयर कारोबार प्रतिकित्ता २१ सय ५७ रुपैयाँमा खुलेको भने स्वरोजगारको प्रतिकित्ता १७ सय ५३ रुपैयाँमा कारोबार खुला भएको छ ।

मिर्मिरे माइक्रोफाइनान्सको औसत आधार मूल्य भने १५ सय ७० रुपैयाँ छ । यसैगरी,  यसको औसत आधार मूल्य १७ सय ६६ रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मिर्मिरेको चुक्ता पुँजी ३ करोड रुपैयाँ छ भने स्वरोजगारको ६ करोड ९९ लाख ९८ हजार रुपैयाँ छ । यी दुवै लघुवित्तले ५०% हकप्रद बिक्री गर्न बुधबार बुक क्लोज गरेका हुन् । स्वरोजगारले ३ लाख ४९ हजार ९९३.६० कित्ता हकप्रद सेयर असार १ गतेदेखि बिक्री गर्दैछ । मिर्मिरेले पनि १ लाख ५० हजार कित्ता हकप्रद बिक्री गर्न लागेको छ । 


Published Date : Wednesday, May 31, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...