आईसीएआईको मान्यता खारेजी प्रकरणले लियो राष्ट्रिय रुप, ७ विद्यार्थी सङ्गठनको आकस्मिक बैठक बस्दै !
Powered by Blogger.
आईसीएआईको मान्यता खारेजी प्रकरणले लियो राष्ट्रिय रुप, ७ विद्यार्थी सङ्गठनको आकस्मिक बैठक बस्दै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आईसीएआईलाई दिन लागेको मान्यता खारेज गर्ने निर्णय गर्न लागेपछी भारतमा सिए अध्ययन गरिरहेका विद्यार्थी तथा विभिन्न विद्यार्थी नेताहरुको पहलमा केहिबेरमा ७ विद्यार्थी संगठनको बैठक बस्न लागेको खबर प्राप्त भएको छ ।

विद्यार्थी नेता बिमल अधिकारीले दिएको जानकारी अनुसार केहिबेरपछि बागबजारमा ७ विद्यार्थी संगठनको बैठक बस्दै छ भने त्यसपछि बैठकले संयूक्त रुपमा विज्ञप्ति जारी गर्दै उक्त बिज्ञप्ति आइक्यानमा बुझाउने र सोहि बिज्ञप्ति प्रधानमन्त्री कार्यालयमा समेत बुझाइने उनको भनाइ छ ।अनेरास्ववियु, अखिल क्रान्तिकारी , नेपाल विद्यार्थी संघ लगायतका ७ विद्यार्थी संगठनको संयुक्त बैठकबाट यो निर्णयको विरुद्धमा कार्यक्रमको घोषणा हुने समेत विद्यार्थी नेता बिमल अधिकारीले बताएका छन् ।

यता नेपाल चार्टड एकाउन्टेन्ट्स् विद्यार्थी एसोसीएसनले भने कुनैपनि हालतमा यो निर्णय हुने दावी गरेको छ । एसोसीएसनका अध्यक्ष ऋषि पोखरेलले सिए सरोकारसँग कुराकानी गर्दै आफ्नो बर्षौंदेखिको माग पूरा हुन लागेको र यो निर्णय कुनैपनि हालतमा पूरा हुने दावी गरेका थिए ।   

प्रकाशित मिति : Sunday, May 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...