पञ्चकन्या माई हाइड्रोपावरको ११ लाख कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डमा अनुमति माग्दै

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले ११ लाख कित्ता आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यको ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता निष्कासनको अनुमति मागेको हो । यो आइपीओमा बिक्री प्रबन्धकको काम एनसीएसम मर्चेन्ट बैंकिङ लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहनेछन् । यस्तै, कम्पनीले स्थानीय बासिन्दालाई सेयर बिक्री गरिसकेपछि सर्वसाधारणका लागि पनि १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि पनि निष्कासन खुला जानकारी दिएको छ ।

पञ्चकन्याले २७ करोड ५० लाख रुपैयाँ बराबरको प्रथमिक निष्कासन गर्न लागेको हो । यो हाइड्रोपावर कम्पनीले इलामको माबु, माईमझुवा र सुलुबुङ्ग गाविसमा अप्पर माई जलबिद्युत आयोजनाबाट ९.९८ मेघावट बिद्युत उत्पादन गरिसकेको छ । हालै, यो आयोजनाको क्षमता विस्तार गरी १२ मेघावटको बनाइएको छ भने ६.१ मेघावाट क्षमताको माथिल्लो माई सी (क्यास्केड) जलबिद्युत आयोजना पनि निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । पञ्चकन्या माई नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले प्रवर्धन गरेको जलबिद्युत आयोजना हो । 
प्रकाशित : Wednesday, May 17, 2017

recent

Popular Posts