बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी २ खर्ब ४ अर्ब पुग्यो


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी २ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीतिको तेस्रो त्रैमासिक समीक्ष गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । समीक्षामा राष्ट्र बैंकले तोकिएको चुक्ता पुँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई लाभांश तथा बोनस सेयर घोषणा गर्न, नयाँ शाखा खोल्न रोक लगाउनुका साथै निक्षेप परिचालनको सीमा कायम गर्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई २०७४ असार मसान्तसम्म तोकिएको पुँजी वृद्धिको स्पष्ट खाका तय गरिसक्न निर्देशन दिएको छ ।

यो वर्षको नाफाबाट बोनसलाई आधार मानेर आगामी पुससम्ममा साधारण सभा गरी पुँजीकृत गर्न सक्ने सुविधा छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको खुद नाफा पनि उल्लेख्य वृद्धि भएको छ । चैत मसान्तमा वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको समीक्षले देखाएको छ । यसैगरी, सम्पत्ति र सेयरमा प्रतिफल पनि बढेको छ । 
प्रकाशित : Sunday, May 28, 2017
Loading...

recent

Popular Posts