भरतपुर अपडेट : रेणुले गरिन् चमत्कार
Powered by Blogger.
भरतपुर अपडेट : रेणुले गरिन् चमत्कार

भरतपुर - भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार बनेकी रेणु दाहालले अप्रत्याशित मत पाइरहेकी छिन् ।  देवीले ७६१ मत पाईरहदा रेणुले ६०५ मत प्राप्त गरेकी छिन ।

माओवादी र काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालले एमालेका उम्मेदवार देवी ज्ञवालीलाई टक्कर दिइरहेकी छिन् । अनपेक्षित रुपमा रेणुले धेरै मत प्राप्त गरेपछि एमालेका स्थानीय नेताहरु समेत आश्चर्यचकित बनेका छन् ।

स्थानीय विवाद रहेका कारण रेणुले कम मत ल्याउने अनुमान गरिएको थियो । उपमेयरमा समेत काँग्रेसकी पार्वती शाहले एमालेलाई टक्कर दिइरहेकी छिन् । उपमेयरमा टक्कर भए पनि मेयरमा भने विजयी हुने एमाले नेताहरुको विश्वास छ ।

मतगणनामा ढिलाई भएपछि निर्वाचन कार्यालयले दुई स्थानमा मतगणना सुरु गरेको छ ।

प्रकाशित मिति : Tuesday, May 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...