×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकले नौं महिने मुद्दतिमै १२.७५% ब्याज दिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकले नौं महिने मुद्दतिमै १२.७५% ब्याज दिने

काठमाडौं- सिभिल बैंक लिमिटेडले सर्वसाधारणका लागि समेत ब्याज दर बढाएको छ। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा ब्याज दर १२ प्रतिशतभन्दा माथि नवढाउने सहमति गरेपनि बैंकहरुसँग पैस अभाव हुन थालेपछि ब्याज दर बृद्धिमा फेरि प्रतिस्पर्धा सुरु भएको छ ।
सिभिल बैंकले स्किम नै ल्याएर ब्याज दर १२ प्रतिशत माथि पुर्याएको हो। ‘सिभिल बैंक खुशीका योजना’ स्कीम अन्तर्गत बैंकले नौं महिने मुद्दति खातामा १२.७५ प्रतिशत वार्षिक ब्याजदर दिने भएको हो।, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ ।
बैंकले बचत खाताको ब्याज दरसमेत बढाएको छ। ८ प्रतिशत ब्याज दिँदै आएको बैंकले यसलाई बढाएर ८.२५ प्रतिशत पुर्याएको हो। बैंकमा खाता खोल्नेलाई आश्वा सेवा निःशुल्क समेत गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: