×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुलमानको विरोध गर्ने कान्तिपुरले फेरि ‘हावा’ खायो, जेठ ४ गते भ्रामक समाचारलाई फ्रन्टपेजमा छापेको पुष्टि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलवार

PRIME CA
laxmi sunrise bank

कुलमानको विरोध गर्ने कान्तिपुरले फेरि ‘हावा’ खायो, जेठ ४ गते भ्रामक समाचारलाई फ्रन्टपेजमा छापेको पुष्टि !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुलमानको विरोध गरेर निकै नै विवादमा तानिएको कानितपुर यसअघि पुन : नयाँ शक्तिको लोगोमा सेनाको तस्विर छापेर विवादित भएको थियो । यसैगरी कान्तिपुर पुन: विवादित बनेको छ । कान्तिपुरले जेठ ४ गतेको प्रथम पृष्ठमा प्रधानमन्त्री प्रचण्डले ८ गते राजीनामा दिने भन्ने समाचार प्राथमिकताका साथ प्रकाशन गरेपनि ८ गते प्रचण्डले राजीनामा नदिएपछि कान्तिपुरले पुन: हावा खाएको हो।

यसबारे हामीले बुझ्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ ९ गते राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी गराए । उनले कान्तिपुरले केका आधारमा ८ गते प्रचण्डको राजीनामा आउँछ भनेर लेखेको हो, आफुलाई थाहा नभएको स्पष्ट पारे ।

कुलमानको विरोधपछि सामाजिक संजालमा अत्याधिक विरोधको सामना गर्नुपरेको कान्तिपुरले केहि दिनअघि नयाँ शक्तिको लोगोमा सेनाको तस्विर छापेपछी सार्वजनिक रुपमै माफी मागेको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: