नेकोको लिलामीमा १ हजार ५५ रुपैयाँ तोक्नेले पाउने भए सेयर, अधिकतम ११ सय ८० सम्म पर्यो
Powered by Blogger.
नेकोको लिलामीमा १ हजार ५५ रुपैयाँ तोक्नेले पाउने भए सेयर, अधिकतम ११ सय ८० सम्म पर्यो


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - नेको इन्सुरेन्सको लिलामी सेयर न्यूनतम १ हजार ५५ रुपैयाँ भाउ तोक्नेले सेयर पाउने भएका छन् । अहिले सम्मको प्रारम्भिक विवरण अनुसार १ हजार ५५ रुपैयाँसम्म कबोल गर्ने सेयर पाउने देखिएको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले बताए । यो लिलामी सेयरमा अधिकतम ११ सय ८० रुपैयाँसम्म भाउ प्रस्ताव गरिएको छ । यसमा सर्वसाधारण समूहतर्फ कुल ७१४ जना र संस्थापकमा ३ जनाले आवेदन दिएका दिएका एनएमबि क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कमल नेपालले जानकारी दिए । नेकोले सर्वसाधारण समूहको ८६ हजार ७२९.५३ कित्ता र संस्थापक समूहको ६ हजार १६३.७९ कित्ता बिक्री खुला गरको हो । दुबै समूहको बोलपत्र आइतबार अपरान्ह खोलिएको हो । 

नेकोले यसअघि फागुन ३ देखि  चैत ७ गतेसम्म १००% हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला सबै सेयर बिक्री नभएपछि कम्पनीले जेठ ५ देखि १२ गते सम्म लिलामीमा बिक्री खुला गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमामा कम्पनीले ८८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ५३ रुपैयाँ  (वार्षिक) र प्रतिसेयर नेटवर्थ २९१ रुपैयाँ १६ पैसा छ । 

प्रकाशित मिति : Tuesday, May 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...