भरतपुरमा कांग्रेस - माओवादी पकडका वडाहरुको मतगणना जारी, रेणुले भकाभक मत पाउँदै !
Powered by Blogger.
भरतपुरमा कांग्रेस - माओवादी पकडका वडाहरुको मतगणना जारी, रेणुले भकाभक मत पाउँदै !

भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर लगातार घटाइरहेकी छन्। भरतपुरमा अहिले कांग्रेस - माओवादी पकडका वडाहरुको मतगणना भइरहेको छ ।

१६ नम्बर वडाको मतगणना भैरहँदा दाहालले ज्ञवालीसँगको मत अन्तर १३ सय ७६ मा झारेकी छन्। पछिल्लो परिणाम अनुसार एमाले उम्मेदवार ज्ञवालीले ३२ हजार ५५ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार दाहालले ३० हजार ५ सय ७९ मत ल्याएकी छन्।

त्यस्तै उपप्रमुखमा कांग्रेस उम्मेदवार पार्वती शाहले ३४ हजार १ सय ९३ र एमाले उम्मेदवार दिव्या आचार्यले २८ हजार ९ सय ६५ मत ल्याएका छन् ।

नेकपा एमाले ३२०५५ 
माओवादी केन्द्र ३०६७९ 

उपमेयर
एमाले २८९६५ 
नेपाली कांग्रेस ३४१९३


Published Date : Thursday, May 25, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...