×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुलीमा यस्तो संयोग : बाबुले एमालेबाट चुनाव जितेका, छोराले कांग्रेसबाट जिते !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार

PRIME CA
laxmi sunrise bank

सिन्धुलीमा यस्तो संयोग : बाबुले एमालेबाट चुनाव जितेका, छोराले कांग्रेसबाट जिते !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
सिन्धुली – माओवादीको पक्कड भएको भनिएको गाउँपालिकामा कांग्रेस बिजयी भयो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यस्तै भयो सिन्धुलीमा । सिन्धुलीको सिन्धीलीको घ्याङलेक गाउँपालिकामा अन्तर्गत वडा नम्बर ५  नेपाली कांग्रेसका उम्मेदवार विष्णु कुमार कर्माचार्यको प्यानलनै बिजयी भएको छ । कुल ४८२ मत ल्याएर कर्माचार्यले जीत हाँसील गरेका हुन् । 
उनका प्रतिद्वन्दी रामकुमार घिसीङले ३७० मत ल्याएका थिए भने नेकपा एमालेका तर्फबाट जंगबहादुर घिसीङले ५६ मत ल्याएका थिए ।
अर्को खास कुरा त के छ भने २० बर्षअघि भएको स्थानीय तहको चुनावमा कर्माचार्यका बाबुले समेत एमालेबाट चुनाव जितेका थिए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: