भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको बुटवलमा नयाँ शाखा
Powered by Blogger.
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको बुटवलमा नयाँ शाखा


काठमाडौं-–भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बिहिबार रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरे ।

कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशिल राज पराजुले गरे भने स्वागत मन्तब्य प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले गरेका थिए ।त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँचको उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।


Published Date : Saturday, May 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...