अछाममा एमाले र माओवादीबीच झडप, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो
Powered by Blogger.
अछाममा एमाले र माओवादीबीच झडप, घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

अछाम, १६ असार – अछामको रामारोशन गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना माओवादीका कार्यकर्ता घाइते भएका छन् ।

रामारोशन गाउँपालिकाको वडा नम्बर एकमा माओवादी केन्द्रले जीतको घोषणा नभइ विजय उत्सब मनाउन थालेपछि एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।

घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए । - काठमाडौँ टुडे 

प्रकाशित मिति : Friday, June 30, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...